काठमाडौँ । सिटिजन्स बैङ्कको सूचना अधिकारीमा नारायणराज अधिकारी नियुक्त भएका छन् ।
२०६४ सालमा बैंकको आरम्भ देखिनै सिटिजन्स बैंकमा आबद्ध रहेका उनले बैंकको सूचना अधिकारीको अतिरिक्त प्रवक्ता एवं प्रमुख प्रशासकीय अधिकृतको समेत भूमिका निभाउँदै आएका छन् । हालै सूचना अधिकारीमा नियुक्त भएका उनीसँग २० बर्षको बैंकिङ अनुभव रहेको छ ।
त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका अधिकारी शाखा सञ्चालन तथा जोखिम व्यवस्थापनमा अब्बल छन् । उनले बैंकको सामान्य सेवा विभाग, मानव संसाधन विभाग, र कर्पाेरेट कम्युनिकेशन विभाग समेतको जिम्मेवारी वहन गर्दै आएका छन् ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट करिव १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






