काठमाडौँ । मुक्तिनाथ विकास बैङ्कले वित्तीय साक्षारता कार्यक्रम सञ्चालन गरेको छ । नेपाल महिला उद्यमी महासंघको २१ औं वार्षिक साधारण सभाको अवसरमा उक्त महासंघमा आवद्ध महिला उद्यमीहरुको लागि वित्तीय साक्षारता कार्यक्रम सञ्चालन गरेको हो ।
उक्त कार्यक्रममा बैङ्कको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत श्री समीर शेखर बज्राचार्य र मार्केटिङ्ग विभागका प्रमुख श्री विनयरत्न शाक्यले सहजीकरण गरेका थिए । उक्त कार्यक्रममा महिला उद्यमीहरुले बैंकिङ्ग कारोबार र सेवा सुविधा सम्बन्धी राख्नु भएको विभिन्न जिज्ञासाहरुलाई बैङ्कको तर्फबाट स्पष्ट समेत पारिएको थियो ।
महासंघका अध्यक्ष श्री शोभा ज्ञवालीले उक्त कार्यक्रमबाट महिला उद्यमीहरुलाई बैंकिङ्ग कारोबार गर्न प्रोत्साहन मिल्नुको साथै, बैङ्कको सेवा सुविधाबारे जानकारी भएको र सहभागीहरुको जिज्ञासाहरुलाई स्पष्ट भएकोले आगामी दिनमा बैङ्कबाट कर्जा उपयोग गर्न सहज हुने बताइन् । उक्त कार्यक्रममा महासघको तर्फबाट १५० जना महिला उद्यमीहरु सहभागी भएका थिए ।
बैङ्कले ‘नेपालमै टिक्न, सजिलो छ’ भन्ने मान्यता राख्दै साना तथा मझौला व्यापार–व्यवसायहरुलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जाहरु ल्याएको छ । बैङ्कले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैङ्कको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






