जर्मन लक्जरी वाच मेकर नोमोस ग्लासहुट नेपाली बजारमा आधिकारीक रुपमा भित्रिएको छ । ५२ बर्ष अगाडी नेपालमा लक्जरी स्विस वाच आयात तथा विक्री वितरण बाट आफूलाई स्थापित तुल्याएको स्विस टाईमपिसेस् नेपाल प्रा. लि. ले नोमसलाई भाद्र १५ गते एक औपचारीक समारोह आयोजना गरि लन्च गरेको हो ।
स्विच टाईमपिसेस् नेपालको दरबारमार्ग स्थिती विक्रीकक्षबाट नोमोसको विक्री तथा विक्री पश्चातको सेवाको शुभारम्भ गरिएको हो ।सन् १९९० मा जर्मनीको ग्लासहुटमा स्थापना गरिएको नोमोसले म्यानुअल वाईण्डिङ् र अटोमेटिक
मेकानिकल वाच उत्पादनमा आफूलाई विशिष्टकृत गरेको छ ।
डिजाईनमा सिम्प्लिसिटी र एलिगेन्स भएका नोमस वाच मिनिमलिस्ट वाच डिजाईनका रुपमा संसारभर ख्याति पाउन सफल भएका छन् । प्रिसाईज्ड टाईम किपिङ्का लागि चिनिएको नोमोस वाच कलेक्टरहरुले सार्बधिक रुपमा आफ्नो कलेक्सनमा राख्नरुचाउने मध्येको एक ब्राण्ड हो ।
स्विजरल्याण्ड भन्दा बाहिर रहेर वाच मेकिङ्मा ठूलो सफलता हाँसिल गर्ने थोरै ब्राण्ड मध्येको नोमसलाई जर्मनी र विश्व भरनै सम्मानपूर्वक हेरिने गरिन्छ ।
“नेपाली वाच कलेक्टरहरुले लामो समयदेखी प्रतिक्षा गरेको नोमस नेपाली बजारमा भित्र्याउन पाँउदा हामी निक्कै हर्षित भएका छौं ।“ नेपाली बजारमा नोमसलाई आधिकारीक रुपमा लन्च गर्दै स्विस टाईमपिसेस् नेपालका अध्यक्ष शम्भु दयाल झुनझुवाला भन्नुहुन्छ, “यो आधुनिक पुस्ताले मन पराउने ब्राण्ड र डिजाईन हो । नोमसले आफ्नो ऐतिहाँसिक महत्व कायम गर्दै डिजाईनमा आधुनिकता ल्याएको छ । नोमस वाच कलेक्टरहरुले खुब मन पराउँछन् ।“
यहाँ स्मरणीय छ, अध्यक्ष शम्भुले शुरु गर्नुभएको स्विस टाईमपिसेस् नेपालले आज कार्यकारी निर्देशकको रुपमा तेश्रो पुस्तामा पुस्तान्तरण भईसकेको छ । तिन पुस्ताले सम्हालेको स्विस टाईमपिसेस् नेपालले विश्वभरका एक दर्जन प्रिमियम लक्जरी वाच ब्राण्डलाई नेपाली बजारमा आयात तथा विक्री वितरण गर्दै आएको छ ।
दरर्वारमार्गमा रहेको स्विस टाईमपिसेस् नेपालको मल्टिब्राण्ड सोरुम बाट ग्राण्ड सिको, ओरिस, टिटोनी, सिगा डिजाईन, फेड्रिक कन्स्ट्यान्ट जस्ता प्रिमियम लक्जरी वाच ब्राण्डको विक्री वितरण गर्दै आएको छ ।
नेपाली बजारमा ५२ बर्ष देखी अनवरत रुपमा विभिन्न ब्राण्डका लक्जरी वाचहरुको विक्री वितरण गर्ने स्विस टाईमपिसेस् नेपालले आफ्ना ग्राहकलाई दिंदै आएको अतुलनिय विक्री पश्चातको सेवा प्रदान गर्दै आएको छ।
लक्जरी वाचको खरिद विक्री, लक्जरी वाचका सन्दर्भमा परामर्श तथा कलेक्टरहरु विच रहेका जिज्ञासाहरुको समाधानमा देखाएको तत्परताले स्विस टाईमपिसेस् नेपाल आज नेपाली वाच बजारमा विश्वासनिय नाउँ बन्न सफल भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






