
काठमाडौं । एन आई सी एशिया बैंकको कार्ड प्रयोगकर्ताहरुको डाटा सुरक्षा अझ बढी मजबुत हुनेगरी यस बैंक पीसीआई–डीएसएस भी ४.० भर्सनमा स्तरोन्नती भएको छ।
बैंकले आफ्नै ईएफटी स्वीच सञ्चालन गरेको दोस्रो वर्षमै पीसीआई–डीएसएस भी ३.२.१ भर्स पीसीआई–डीएसएस भी ४.० भर्सनमा स्तरोन्नति भएको छ । यस स्तरोन्नतिसँगै यस बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षा अझ बढी बलियो बनेको छ ।
बैंकले सन् २०२३ देखिनै एटीएम र कार्डमा आधारित भुक्तानी प्रणाली आफ्नै ईएफटी स्वीच द्वारा संचालन गर्दै आएको छ । बैंकले भुक्तानी गर्नको लागि डेबिट र क्रेडिट (भीजा र मास्टरकार्ड) छन्, जुन कार्डहरु नेपाल, भारत, र भुटानमा प्रयोग गर्न सकिन्छ तथा अन्य विदेशी भुक्तानीको लागि अमेरिकी डलर प्रिपेड कार्ड जारी गरेको छ । त्यसैगरी, एटीएम, पोस तथा ईकर्स जस्ता प्लेटफर्ममा भुक्तानी प्राप्तिको लागि भीजा मास्टरकाड चाइना यूनियन पे स्वीकार गर्दछ ।
यसै सन्दर्भमा बैंकले कार्ड प्रयोगकर्ताहरुको डाटाको पूर्ण सुरक्षा सुनिश्चिताको लागि प्रणालीगत र संस्थागत रुपमा आन्तरिक नियन्त्रण गर्न आवश्यक सुरक्षा डिजाइन र कार्यान्वयनमा विशेष ध्यान दिएको छ । आन्तरिक नियन्त्रणलाई दिगोपन कायम गर्न र स्वतन्त्ररुपमा मूल्यांकन गर्नका लागि बैंकले प्यानएसीया इन्र्फोस प्रा. ली. लाई नियुक्त गरेको थियो ।
यस पुन: प्रमाणिकरणले कार्ड प्रयोगकर्ताको डाटा सुरक्षामा बैंक निरन्तर प्रयास र प्रतिवद्धतालाई स्वतन्त्ररुपमा प्रमाणित गर्नुका साथै बैंकले आवश्यक सबै आन्तरिक नियन्त्रण प्रणालीलाई कार्यान्वयन गरेको सम्पूर्ण सरोकारवालाहरु समक्ष स्पष्ट पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सन नेपाल लाइफ इन्स्योरेन्स तीन अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित
- जिन्दगी बुझाउने पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’
- जनकपुर साहित्य महोत्सवमा मधेशको राजनीति र सामाजिक संरचनाबारे गहन मन्थन
- भारतीय पर्यटक आकर्षणका लागि रणनीतिक पहल आवश्यक छः मुख्यमन्त्री सिंह
- ज्योति विकास बैंकको स्वतन्त्र सञ्चालकमा रेशम राज रेग्मी नियुत्त
- यसपालीको बजेट कसैको दबाबमा होइन, नागरिकको राय र सुझावमा बन्नेछ : मन्त्री यादव
- सन नेपाल लाइफद्वारा समता फाउण्डेसनलाई सहयोग
- सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको बिजनेस रिभीउ मीटीङ्ग सम्पन्न