सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सुबिसु केबल नेट बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले सुबिसु केबल नेटको नयाँ जडानमा विभिन्न आकर्षक छुट पाउनेछन् ।
ग्राहकहरूले ३००Mbps ब्यान्डविथ क्षमता भएको इन्टरनेट जडानको क्रममा १५% साथै २००Mbps र ८०Mbps इन्टरनेट जडानको क्रममा ५% सम्मको छुट प्राप्त गर्न सक्नेछन् । सुबिसुबाट नयाँ इन्टरनेट जडान गर्न र लागू हुने छुटहरू प्राप्त गर्न ग्राहकहरूले https://campaign.subisu.net.np/citizen-bank लिङ्क प्रयोग गरेर दर्ता गर्नुपर्नेछ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट करिव १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ‘के तपाईंले मेरो देवता देख्नु भयो’ वृत्तचित्रको पहिलो प्रदर्शन सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकद्वारा बाढीपहिरो पीडितका लागि दुई करोड प्रदान
- सिटिजन्स बैंकद्वारा प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग
- दसैँमा मनकामना केबलकार दुई दिन बन्द रहने
- ग्लोबल आइएमई बैंकका ग्राहकलाई बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट
- एनसीसीएस समूहद्वारा दैवी प्रकोप उद्धार कोषमा पाँच लाख बढी सहयोग
- सकियो ‘एकेडेमिक इनाभेसन इन इण्डष्ट्री’ विषयमा एकदिवसीय सेमिनार
- २१ वर्षपछि मारवाडीको कब्जाबाट मुक्त भयो पशुपति गौशाला धर्मशाला