मिति २०८१ भाद्र १६ गते आइतबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रज्यूको प्रमुख आतिथ्यतामा भुकुटीमण्डप परिसरमा नाडा अटो शो २०२४ को सन्दर्भमा नाडा र इकोनोमिक मिडिया एशोसिएशन नेपाल इमानको संयुक्त पहलमा मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसायकका विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा इमानकका अध्यक्ष डिल्लीप्रसाद सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले सम्बोधन मन्तव्य दिनु भएको थियो । मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसाय विषयमा केन्द्रीत रहेर नाडाका अध्यक्ष करण चाौधरीले आफनो धारणा राख्दै नेपालको अटोमोवाइल क्षेत्रको समस्याहरुको सम्बन्धमा नाडाले सरकारको ध्यानाकर्षण गर्न सफल भएको बताउनु भयो । अहिले नेपाल राष्ट्र बैकका गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नीतिले सवैक्षेत्रलाई समेटने बताउनु भएको छ । यसले सुस्ताएको अटोमोवाइल व्यवसाय पुनः फष्टाउने आशा राखेको छु भन्नु भयो ।
त्यसैगरी सो अन्तरक्रिमा बैंक तथा वित्तिय परिसंघका अध्यक्ष उपेन्द्र पौडेल, नेपाल बैकर्स संघका अध्यक्ष सुनिल केशी, नेपाल विमक संघका महासचिव अशोक कुमार खडकाले उक्त विषयका सम्बन्धमा आ(आफनो धारणा राख्नु भएको थियो । नाडा अटो शो को अन्तिम दिनमा यस्तो कार्यक्रम गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






