गोविन्द शर्मा
बाँके । बाँकेको खजुरा गाउँपालिका –४ एफगाउँका खेमबहादुर विक ११ वर्षका भए । गाउँघरमा हुने विवाह पूजा, धार्मिक कार्यक्रम र अन्य कार्यक्रममा उनि आफ्ना हजुरबुवा तिलबहादुरसँगै बाजा बजाउन जान्छन ।
एफगाउँस्थित जनकल्याण माविमा कक्षा ६ मा अध्ययनरत खेम विद्यालय बन्द भएको दिनमा गाउँघरमा हुने विभिन्न कार्यक्रममा बाजा बजाउने गर्छन । यसैगरी एफगाउँकै धनसिंह परियार वर्षौदेखि बाजा दमाहा बजाउँदै आएका छन ।
पछिल्लो केही वर्षदेखि उनका नाति सुनिल परियार पनि उनको साथमा देखिन्छन । जनकल्याण माविमै कक्षा ७ मा अध्ययनरत सुनिल विद्यालय बिदा भएको दिनमा हजुरबुवाको साथमा बाजा बजाउँदै कार्यक्रममा सहभागी हुने गरेको बताउछन ।
हजुरबुवाहरुले बाजा बजाउँदा रमाइलो लागेर आफू पनि विद्यालय बन्द भएको दिनमा सँगै हिंड्ने गरेको उनको भनाइ छ । सुनिल भन्छन, ‘सुरुमा रमाइलोका लागि बाजा बजाउन थालेका थियौं, अहिले विद्यालय नभएको दिनमा अभिभावकले खोजेर ल्याउनुहुन्छ ।’
नाति पुस्तालाई दमाहा र अन्य बाजा बजाउन सिकाइरहेका ज्येष्ठ नागरिक बाजाको पुस्तान्तरणका लागि योगदान गर्न सकेकोमा उत्साहित छन ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले गाउँपालिकाले , संस्कृतिको संरक्षणका लागि वार्षिक बजेट विनियोजन गरिरहेको बताउछन । खजुरा गाउँपालिकाको ‘ई’ गाउँ, धौलागिरी, सीतापुरलगायतका स्थानमा ज्येष्ठ नागरिकले परम्परागत संस्कृतिलाई नयाँ पुस्तामाझ सिकाइरहेको उनि बताउछन ।
स्रोत : गोरखापत्र अनलाइन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम





