पाल्पा - सूर्यविनायक मन्दिर दाफा भजन खलका अध्यक्ष मङ्गलमान बज्राचार्यको अगुवाईमा मतया जात्रा निकालिएको छ । ४० वर्षपछि बुधबार मतया जात्रा निकालिएको हो । यसलाई दीपयात्रा पनि भनिन्छ । ऐतिहासिक एवम सांस्कृतिक सहर तानसेनमा बसोवास गर्ने रैथाने हुन वा बाहिरबाट बसाइँ आएका, धेरैले नौलो प्रकारको जात्रा हेर्दा अचम्म मान्ने गर्दछन । चामलको पिठोबाट बनाइएको खुर्सानी, मम, केराउ, अण्डा, स्याउ, भुटुवा लगायत थुप्रै सक्कली तथा नक्कली परिकार बोकेका महिलाले बजार परिक्रमा गरेका थिए ।
धिमे बाजासहित विभिन्न पोसाकमा महिला तथा पुरुष सजिएर मन्दिर र बौद्ध विहारमा नक्कली तथा सक्कली खानाका परिकार चढाएका थिए । ‘तानसेन, टक्सारकी विद्यालक्ष्मी बज्राचार्यले भनिन, ‘यसलाई पछिल्लो ४० वर्षपछि निकाल्न सकिएको थिएन । यसवर्ष प्रयास गरेपछि निकाल्न सफल भएको छ । यसलाई हामीले भगवानलाई पनि झुक्काउने जात्रा भन्छौं, भोलिपल्ट बिहान यो जात्रा अर्थात दीपयात्रा गरिन्छ ।’ मन्दिरमा प्रसाद चढाएर फर्केपछि लक्ष्यवत्ती बालिन्छ । टक्सार टोलका महिलाले घर–घरमा बनाएका विभिन्न सामग्री बोकेर बजार परिक्रमा गरेको स्थानीय टक्सारका सुरेशमान बज्राचार्यले बताउछन ।
मतया दुई सय वर्ष पहिलेदेखि तानसेनमा चलिआएको संस्कृतिविद श्रेष्ठको दाबी छ । उनका अनुसार तानसेन टक्सार टोलमा ललितपुर पाटनबाट आएकाको संख्या उल्लेख्य थियो । धातुकलाका काममा आएका कालीगढहरुले तानसेन आउँदा आफूसँग आफ्नो मौलिक संस्कृति, संस्कार र रीति–रिवाजलाई पनि सँगै लिएर आएको संस्कृतिविद श्रेष्ठले बताउछन । ‘मतया’ अर्थात मत भनेको मन र ‘या’ भनेको गर, भएकाले मनमा आएको बनाएर भगवानलाई चढाउने प्रचलन रहेको श्री ७ सूर्यविनायक मन्दिर दाफा भजन खलको भनाइ छ ।
विभिन्न चाडपर्वमा खाने मिठा परिकार सबै बनाएर भगवानलाई चढाउने गरिन्छ । उनले भनेका छन, आफूसङ्ग कला छ, त्यही प्रदर्शन गर्ने गरिन्छ । बाजागाजाका साथ बजारका मन्दिर र गुम्बामा पुगेर नेवारी भोज र संस्कृतिमा प्रयोग हुने सबै खानाका परिकार नेवार समुदायका महिलाले चढाउने गर्छन ।’ इतिहासविद श्रेष्ठका अनुसार तानसेन टक्सारमा टकमरीको काम सुरु भएपछि पाटन (ललितपुर) बाट शाक्य र व्रजाचार्यहरु कालिगढको रुपमा तानसेन आएका थिए । कालीगढहरुसँगै सन्तान दर सन्तानहरु तानसेनको टक्सार टोलमा पाटनेलीको संख्या उल्लेख्य रहेको संस्कृतिविद श्रेष्ठको भनाइ छ । पाटनबाट तानसेन आउँदा आफूसँग आफ्नो मौलिक संस्कृति, संस्कार र रीति–रिवाजलाई पनि सँगै ल्याएको उनले बताउछन ।
स्रोत: गोरखापत्र अनलाइन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






