चन्द्र पन्दाक
ताप्लेजुङ ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा लिम्बू जातिको संस्कृति झल्कने धान नाच स्तम्भ (ताक्वाचङ तक्मा याराक्मा तेन) निर्माण गरिने भएको छ । सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा धान नाच स्तम्भ निर्माण गरिने भएको छ । धान नाच स्तम्भको किराँत याक्थुङ चुम्लुङ नेपालका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले सोमबार शिलान्यास गरेका छन । किराँत याक्थुङ चुम्लुङ इजरायल शाखाको आर्थिक सहयोगमा किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले उक्त स्तम्भ निर्माण गर्न लागेको हो । लिम्बू जातिको मौलिक संस्कृतिअन्तर्गत रहेको धान नाच (याःलाङ) को स्तम्भ स्थापना गर्न लागिएको कियाचु ताप्लेजुङकी अध्यक्ष इन्दिरा मेन्याङ्बोले बताउछिन ।
पछिल्लो समय आधुनिकताको प्रभावसँगै मौलिक संस्कार संस्कृति लोप हुँदै गएको अवस्थामा धान नाच स्तम्भ निर्माण गर्न लागिएको मेन्याङ्बोले बताउछिन । धान नाच झल्कने गरी स्तम्भ निर्माण गर्न लागेको र निर्माण हुने स्तम्भ (प्रतिमा) ले संस्कृति संरक्षणमा सहयोग पुग्ने विश्वास कियाचुले राखेको पनि उनको भनाइ छ । यस्तै, जिल्लाको पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने अपेक्षा राखिएको उनले जानकारी दिएका छन ।
उनकाअनुसार दुई पुरुष र दुई जना महिलाले धान नाच प्रस्तुत गर्दै गरेको स्तम्भ निर्माण गरिने भएको छ । धान नाच स्तम्भसँगै पृष्ठभूमिमा कञ्चनजङ्घा र कुम्भकर्ण हिमालको प्रतिमा देखिनेगरी डिजाइन (आकृति) तयार गरिएको पनि कियाचु शाखा अध्यक्ष मेन्याङ्बोले बताउछिन । यता धान नाच स्तम्भ निर्माणमा करिब ५० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको किराँत याक्थुङ चुम्लुङले जनाएको छ । कियाचुका अनुसार स्तम्भको उचाइ छ फुटको हुने छ । बाहिरबाट स्तम्भ निर्माण गरेर ल्याउँदा खर्चालु हुने र टुटफुटको जोखिमसमेत हुने भएकाले जिल्लाभित्रै ३२ लाख रुपियाँको लागतमा स्तम्भ निर्माण गर्नेगरी कियाचु र कालीगढबिच समझदारी गरी निर्माण सुरु गरिएको छ । स्तम्भ प्रतिमा आगामी मङ्सिरभित्र निर्माणको काम सक्नेगरी काम सुरु गरिएको पनि कियाचुले जानकारी दिएको छ ।
लिम्बू जातिको संस्कृतिमा आधारित धान नाच वैवाहिक लगायतका क्रियाकलापमा नाच्ने गरिन्छ । यवायुवतीसहित सबै उमेरका मानिसले एकअर्काको हात समाएर पालाम (लिम्बू संस्कृतिमा आधारित गीत) गाउँदै धान नाच्ने गरिन्छ । मौलिक सांस्कृतिक कार्यसँगै विभिन्न मेला, महोत्सवसहितका कार्यक्रममा लिम्बू जाति र अन्य समुदायका मानिसले समेत धान नाच्ने गर्दछन् । स्तम्भको शिलान्यास कार्यक्रममा धान नाच, च्याबुङ नाच (केःलाङ) जस्ता गतिविधिसमेत प्रस्तुत गरिएको थियो ।
स्रोत: गोरखापत्र अनलाइन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ग्यालेक्सी फोरके टेलिभिजनका सामान लिलाम गर्ने तयारी
- प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
- पश्चिमी वायु सक्रिय : पहाडमा वर्षा, तराईमा गर्मी र हावाहुरीको चेतावनी
- आजको विनिमयदर, कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
- गठबन्धनभित्रको मतभेदले मधेश सरकार विस्तार रोकियो
- सुकुम्बासीका माग सम्बोधन नभए सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मको चेतावनी
- शेरबहादुर देउवा र आरजुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- एमालेद्वारा मीन गुरुङले दान दिएको जग्गा फिर्ता



ट्रेन्डिङ
खबरमुकाम





