भक्तपुर - । भक्तपुर नगरपालिका ४, कुमाल टोलका स्थानीय बासिन्दाको मुख्य पेसा माटोको भाँडा बनाउने हो । माटोका भाँडा बनाउने परम्परागत पेसाबाटै यहाँका स्थानीयले घर व्यवहार चलाउनेदेखि छोराछोरी पढाउँदै आएका छन् पछिल्ला समय बजारमा स्टिल, सिलाबर र प्लास्टिकका सस्तो र सजिला सामाग्री उपलब्ध छ । तरपनि परम्परागत माटोका सामग्री खोज्न आउने अझै यहाँ आउने गरेको स्थानीयको भनाइ छ । माटोका घैँटो, दियो, खुत्रुके, विभिन्न किसिमका मूर्तिहरूको माग बढ्दै गएको उनीहरू बताउँछन् । कुमाल टोलका स्थानीयहरू पहिले अन्य जिल्ला पुगेर महिनौँसम्म भाँडा बनाउँथे र ज्यालाको रूपमा धान, गहुँ, मकै ल्याउँथेँ ।
अहिले अन्य जिल्लाका मानिस आफैँ यहाँ आउँछन् र मन परेको सामान खरिद गरेर लैजान्छन् । कुमाले टोलका तुलसीराम प्रजापतिको पुर्ख्यौली पेसा माटोको भाँडा बनाउने हो । पुस्तौँ पुस्तादेखि गर्दै आएको माटोको भाँडा बनाउने पेसाबाट राम्रो आम्दानी हुने उनले बताउछन । यही पेसाबाट भएको आम्दानीले उनले स्नातकोत्तर तहसम्म चार जना छोराछोरी पढाएका छन । “यही पेसाले घरखर्च चलाउनेदेखि छोराछोरी पढाउने सबै गरेको छु, मेरा लागि यो पेसा एकदमै प्यारो छ,” उनले भनेका छन ।
माटोका सामग्रीमध्ये खुत्रुके, गमला, पाला, सानो लोटा धेरै मात्रामा बिक्री हुने सामग्री हुन् । विभिन्न देवीदेवताका मूर्ति, पशुपन्क्षीका मूर्ति सजावटमा प्रयोग हुने माटोको फूलदानी, मन्दिर, प्लेट, कचौरा जस्ता सामग्रीको पनि माग उत्तिकै छ । पहिले सूर्यविनायक, सिपाडोल, चाँगुनारायणमा माटो उपलब्ध हुने भएपनि अहिले उपयुक्त माटो लिन काठमाडौँको साँखु र काभ्रेपलाञ्चोकको धुलिखेल वा दाङसम्म पुग्नुपर्छ । प्रतिकिलो ५० तिरेर गाडीमा माटो ल्याउनुपर्ने उनले जानकारी दिए ।
माटाका सामग्री बनाउन चाम्रो र चिल्लो माटो चाहिन्छ । माटोलाई एक ठाउँमा ल्याएर मुछ्ने काम हुन्छ, माटोमा रहेका अनावश्यक तत्त्व (माटोको डल्लो, ढुङ्गाको टुक्रो) छुट्टाइन्छ । पहिले–पहिले माटो खुट्टाले मुछ्ने गरिन्थ्यो । अहिले मेसिनले गर्दा छिटो तयार हुने र सजिलो हुने गर्छ । पहिले जस्तो चाखा अथवा चर्खा पनि हातले चलाउन नपर्ने मोटरले चल्ने भएकाले भाँडा बनाउन सजिलो भएको छ ।
सोही वडाका वडाध्यक्ष उपेन्द्र सुवाल माटोका भाँडा बनाउने कुमाले टोलको व्यवसाय वातावरणमैत्री र आम्दानीका हिसाबले पनि सन्तोषजनक भएको बताउछन । उनले यस किसिमको उद्योगले पर्यटनमा पनि टेवा पुर्याएको बताउछन । उनका अनुसार कुमाले टोलको व्यवसाय आर्थिकरुपमा मात्र नभई धार्मिक, सांस्कृतिक हिसाबले पनि महत्त्वपूर्ण छ । नेवार समुदायमा व्रतबन्ध, बेलविवाह, सूर्य दर्शन, विवाह, न्वारान र मरणमा माटोको भाँडा चाहिने भएकाले माटोका भाँडाको व्यवसाय सांस्कृतिकरुपमा महत्त्वपूर्ण मानिन्छ ।
पर्यटकहरू माटोका भाँडा बनाउने तरिका हेर्न र अध्ययन गर्न आउने गरेको उनले बताउछन । कुमाले टोलका अर्का स्थानीय विनोदकुमार प्रजापति पेसागतरुपमा खेलाडी र राष्ट्रिय कोच छन । २०२५ वर्ष खेल क्षेत्रमा लागेपछि अहिले खेल छाडेर पुर्ख्यौली पेसामा संलग्न भएका छन । उनले वि.सं. २०६८ देखि पसल सुरु भएको हो । माटोको भाँडा बनाउनुका साथै भाँडा बनाउने तालिम पनि उनले दिने गरेकाछन । देशी तथा विदेशी पर्यटक माटोको भाँडा बनाउने अनुभव लिन र मनोरञ्जनका लागि कुमाले टोलमा आउने गर्छन् । पर्यटकले समयअनुसार पैसा तिरेर अनुभव लिने गरेका छन् । प्रजापतिले भने “बिसदेखि तीस हजार माटोमा लगानी गर्दा दुई तीन लाखसम्म आम्दानी हुन्छ ।”
स्रोत : रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ग्यालेक्सी फोरके टेलिभिजनका सामान लिलाम गर्ने तयारी
- प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
- पश्चिमी वायु सक्रिय : पहाडमा वर्षा, तराईमा गर्मी र हावाहुरीको चेतावनी
- आजको विनिमयदर, कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
- गठबन्धनभित्रको मतभेदले मधेश सरकार विस्तार रोकियो
- सुकुम्बासीका माग सम्बोधन नभए सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मको चेतावनी
- शेरबहादुर देउवा र आरजुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- एमालेद्वारा मीन गुरुङले दान दिएको जग्गा फिर्ता



ट्रेन्डिङ
खबरमुकाम





