तानसेन - । पाल्पामा दुई दशकदेखि लोपोन्मुख लाखेनाच प्रदर्शन गरिँदै आएको छ । तानसेनस्थित बसपार्कका युवा मिलेर लाखेनाचलाई निरन्तरता दिइँदै आएको हो ।
लाखेनाच मुख्यतः नेवार समुदायको संस्कृति हो । पाल्पाली नाट्य कला समूहका अगुवा किरण चित्रकारका अनुसार तानसेनमा नेवार समुदायको बसोबास बढी रहेका कारण पनि लाखेनाच निरन्तर नाच्नु आवश्यक रहेको छ । लाखेनाचले नयाँ तथा पुराना पुस्तालाई आकर्षित गरेको छ । तानसेनको बसपार्क, हुलाकचोक, टक्सार, शीतलपाटी, नारायणस्थान, असनटोल, वसन्तपुरलगायतका स्थानमा लाखेनाच देखाइने योजना रहेको जनाइएको छ । यो वर्ष घण्टाकर्णको दिनदेखि हरेक दिन लाखे प्रदर्शन भइरहेको चित्रकारले जानकारी दिए ।
घण्टाकर्ण सुरु भएको दिनदेखि भगवती जात्रा (कष्ण जन्माष्टमी) को दिनसम्म लाखेनाच देखाइने गरिएको स्थानीय विजयकुमार बम्डेलले बताउछन । केही दशकअघिसम्म नेवार समुदायमा मात्र प्रचलित लाखेनाच नयाँ पुस्तामा हस्तान्तरण गर्नु आवश्यक रहेको उनको भनाइ छ ।
उनले भने, “अहिले तानसेनमा नेवारसहित अन्य समुदायको बसोबास रहेको छ । यसको संरक्षण गर्न इच्छुकलाई सिकाउन आवश्यक छ ।” २०६२र६३ सालदेखि विभिन्न टोलका युवालाई लाखेनाचमा सहभागी गरिएको छ । लाखेनाच हेर्न तानसेनका स्थानीय बासिन्दा, विभिन्न पेसा व्यवसायमा संलग्न रहेका व्यक्ति, ज्येष्ठ नागरिक र बालबालिका झुम्मिएका थिए । हरेक दिन साँझ ६ बजेदेखि तीन घण्टा लाखेनाच देखाइने गरिएको छ । काठमाडौँ उपत्यकामा प्रचलित लाखेनाच पाल्पासहित अन्य स्थानमा पनि विस्तार हुने क्रममा छ । तानसेनसहित, नेवार बस्ती भएका रामपुर, सराई, हार्थोक, आर्यभन्ज्याङमा पनि लाखेनाच नाचिने परम्परा रहेको संस्कृतिविद् निर्मल श्रेष्ठले जानकारी दिए ।
पोखरामा पाल्पाली लाखे
पाल्पाली समाज पोखराले पनि लाखेनाच देखाउने तयारी गरेको छ । पोखरामा आन्तरिक तथा बाह्य पर्यटकमाझ लाखेनाच पुर्याउने उद्देश्यले पाल्पामा प्रचलित लाखेनाच देखाउने तयारी गरिएको पाल्पाली समाज पोखराका पूर्वअध्यक्ष कुलप्रसाद घिमिरेले जानकारी दिएका छन। पाल्पाको भीमसेन गुठी भैरवस्थानले भदौ १ गते लाखेनाच देखाउने तयारी गरेको घिमिरेले बताउछन ।
स्रोत : गोरखापत्र अनलाइन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी
- यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयः नौ विधेयक संसदमा पेस गर्ने
- राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो
- गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी

ट्रेन्डिङ
खबरमुकाम







