ललितपुर - । वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गिले यो प्रविधिबाट यो युगमा युवा निराश हुन नहुने बताएकी छन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल युवा सङ्गठन सञ्जाल (आइओन) ललितपुरामा आयोजित कार्यक्रममा उनले देशका युवालाई ठूलो काम गर्न नचाहेको अवस्थामा निराश हुनुहुँदैन भनेकी छन । काम सानो होस् वा ठुलोमा भेदभाव गर्नुको सट्टा देशभित्रको भविष्य खोज्न आफ्नो देशभित्रै जुनसुकै काम गर्न तयार रहन पनि उनले बताउछिन ।
विदेशमा बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म काम गर्न तयार हुनुपर्छ, नेपालमा ६ घण्टा पनि काम नगर्ने प्रचलन छ, आफ्नो अवस्थाअनुसार आफूलाई छाँटकाँट गर्नुपर्छ, स्तरोन्नति गर्न हामी प्रतिबद्ध छौं । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर, अवस्था मजबुत हुन्छ । त्यसैले नेपालका लागि काम गर्ने अवसरहरू छन्, युवाहरू निराश हुने स्थितिमा छैनन् । उनले भनिन।उनले वाग्मती प्रदेशमा सूचना प्रविधि थपेर धेरै कार्यविधि बनाएर प्रयोग गर्न आग्रह गरेको भन्दै वाग्मती प्रदेशका लागि प्रदेश युवा नीति, युवा वैज्ञानिक प्रवद्र्धन कार्यविधि बनाएर र्तेह वटा जिल्लाका युवालाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता जनाएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






