नेपालगञ्ज । बाँके, बर्दियालगायत तराई जिल्लामा बसोबास गर्ने अवधी समुदायले नागपञ्चमीलाई ‘गुडिया’ पर्वका रूपमा धुमधामसाथ मनाएका छन् । राकेशकुमार मिश्राका अनुसार यो पर्वलाई अवधी समुदायको मुख्य पर्वका रूपमा लिइन्छ । ‘गुडिया’ पर्वको दिन सो समुदायले घरपरिवार, आफन्त, टोलछिमेक सबै मिलेर विशेष धुमधामसाथ मनाउने गरेका छन् ।
मिश्राका अनुसार गाउँटोलका विशेष गरी अगुवा बिहानै नुहाएर घरको वरिपरि गाईको गोबरले चिनो तानेर मोटो लाइन बनाउने गर्छन् । यसलाई गोबर चक्र भनिन्छ । सो चक्रले घरमा सर्पलाई आउनबाट रोक्ने धार्मिक विश्वास रहिआएको छ । यसपछि दुध र चनाको घुघरी भिजाएको काँचो चनाबाट बनाइएको परिकार नाग देउता र गाउँनजिकै रहेको थान देउतामा चढाइने गरिन्छ । योसँगै घरको ढोकामा नाग टाँसेर पूजा पनि गरिन्छ ।
विष्णु कुम्हारका अनुसार गुडिया पर्वका दिन सबैको घरमा खाने परिकार अन्तर्गत चनाको घुघरी बनाइने गरिन्छ । यसका साथै पुरी, तरकारी, खिर, अचार, गुल्गुला यो पर्वको मुख्य परिकार हो । यो पर्वमा विवाहित छोरीलाई घुघरी पठाउने चलन छ । घुघरीमा चना, चामल, भेली मिठाई र आवश्यक कपडा लत्तासहितको गठरी सामथ्य अनुसार भाइ वा बावुले गठरी बाँधेर छोरीको घरमा लग्ने परम्परा रहेको वरिष्ठ अवधी साहित्यकार सच्चिदानन्द चौबेले जानकारी दिएका छन ।
यस पर्वमा छोरी बोलाउने तथा लिन जाने गरिन्छ । गाउँघर, टोल समुदायमा पिङ (झुला) हाल्ने गरिन्छ । युवकयुवती गीतरसङ्गीत गाएर पिङ खेल्ने चलन छ । साँझ सबै युवतीले कपडाको गुडिया बनाएर भुईंमा हाल्ने र युवाले लट्ठीले गुडिया पिट्ने गरेको पण्डित शिवप्रसाद पाठकले बताउछन । उनका अनुसार यस दिन सबैको घरमा मिठो मिठो खानेकुरा पकाउने गरिन्छ । यस दिन घरमा पाहुनालाई बोलाई सेवा सत्कार गरिन्छ । यो पर्व समुदायमा आदि कालबाट चलिआएको बताइन्छ ।
स्थानीय चन्द्रेश्वर त्रिपाठीका अनुसार परापूर्वकालबाट गुडिया र होली पर्व एकै दिन बार मा पर्ने गरेकाले ‘नाग फाग एकै दिन’ भन्ने गरिन्छ । सबै चाडपर्व समुदायमा मेल सद्भाव, शान्ति, भाइचारा कायम गर्ने उद्देश्यले मनाउने गरिएको पाइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम





