कमल शर्मा
सुर्खेत । वीरेन्द्रनगर– सुर्खेतका गुरुङ समुदायले ऐतिहासिक परम्परागत घाटु नाच संरक्षणमा जुटेका छन् । गुरुङ समुदायको प्रसिद्ध घाटु नाँच लोपहुँदै गएपछि यसको संरक्षणका लागि गुरुङ समुदायका अगुवाहरु जुट्न थालेका छन् ।
पुरानो पुस्ता सकिँदै जाँदा लोप हुँदै गएकाले यसलाई जोगाउन पाका पुस्ताको अगुवाइमा घाटु नाच देखाउने र युवाहरूलाई सिकाउने गरेको वीरेन्द्रनगर –१ सुर्खेतका कृष्णबहादुर गुरुङले बताएका छन । उनले सदियौँ पुरानो सांस्कृतिक नाच भए पनि पछिल्लो पुस्ताको चासो नहुँदा यो नाच नै लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षण गर्न समुदायका अगुवाहरुनै लागेको बताउछन ।
वीरेन्द्रनगर –१ देउती थानमा गुरुङ सामुदायिक होमस्टे स्थापना गरे सँगै घाटु नाचको समेत संरक्षण गर्न थालिएको अध्यक्ष गुरुङले बताउछन । उनले होमस्टेमा आउने पाहुनाहरूको स्वागतमा समेत घाटु नाँच प्रदर्शन गर्ने गरिएको बताउछन । उनले भने, ‘‘हामीले युवाहरूलाई घाटु नाच सिकाई रहेको छौँ युवाहरूले नै घाटुनाँच प्रदर्शन गर्ने र पाहुनाहरूलाई स्वागत गर्ने गरेका छौँ ।’’
गुरुङ होमस्टेका सल्लाहकार पूर्णबहादुर गुरुङले समुदायको प्रसिद्ध घाटु नाच लोप हुने खतरा बढेपछि अन्य जिल्लाबाट प्रशिक्षक बोलाएर उक्त नाच सिकाइएको बताएका छन । उनले गण्डकी प्रदेश हुनै कर्णालीका विभिन्न जिल्लामा बसोबास गर्दै आएका गुरुङ समुदायले आफ्नो कला संस्कृति बिसिर्दै गएपछि सुर्खेतका विभिन्न स्थानमा रहेका गुरुङ समुदायलाई एकीकृत गरी उक्त नाच सिकाउने र प्रदर्शन गर्ने गरिएको बताउछन ।
उनले भनेका छन , ‘‘घाटु नाच गुरुङ संस्कृतिअनुसार माघ महिनामा वसन्त पञ्चमीबाट सुरु भएको घाटु नाच वैशाख पूर्णिमा पछिको पञ्चमीमा समापन गर्ने चलन रहेको छ तर हाम्रोमा विशेष चाड पर्व र अहिले होमस्टेमा देखाउने गरेका छौँ ।’’
बदलिँदो अवस्थाअनुसार नयाँ पुस्तामा संस्कृतिप्रति कम चासो भएकाले घाटु पनि लोप हुने अवस्थामा पुगेपछि एक पुस्ताबाट अर्को पुस्तामा आफ्नो संस्कार र संस्कृति यसै गरी हस्तान्तरण गर्दै जाने लक्ष्य रहेको उनको भनाइ छ ।
गुरुङ समुदायकी अगुवा हेमा गुरुङले गुरुङ समुदायका महत्त्वपूर्ण संस्कृति कौडा, सोरठी, घाटु नाचको संरक्षणका लागि कुनै पनि निकायबाट सहयोग नभएको बताउछिन । उनले समुदायका सदस्यहरूको सहयोगमा समुदायका युवा युवतीलाई घाटु नाच मात्र सिकाइएको बताउछिन ।
गुरुङ समुदायको घाटुनाँच सरंक्षणका लागि नेपाली सेना तथा भारतीय सेनाबाट अवकाश भइसकेका पूर्व लाहुरेहरूले उक्त नाचका लागि विशेष पहल गर्दैृआएको बताउछन । भारतीय सेनाका हनेरी सुबेदार मेजर कृष्णबहादुर गुरुङले भारतीय सेना तथा नेपाली सेनाबाट अवकाश भइसकेका लाहुरेहरूले समुदायको संस्कृति संरक्षणमा जोड दिएको बताउछिन ।
उनले भनिन, ‘‘हाम्रो परम्परागत ऐतिहासिक घाटु नाच र कौडा, सोरठी नाचका लागी रकमहरू जम्मा गरेर युवापुस्तालाई सिकाएको बताउछिन । नेपाली सेनाको मेजरबाट अवकाश प्राप्त भएका प्रेमबहादुर गुरुङले गुरुङ समुदाय मात्र नभएर आम नागरिकले यस्ता ऐतिहासिक कला संस्कृतिको संरक्षणका लागि आवश्यक पहल गरिनुपर्ने बताउछन ।’’
उनले यो हाम्रो संस्कृति हो तर सबैले चाहेको खण्डमा यसलाई सिकेर पुस्तान्तरण गर्न सकिने बताउछन । घाटु नृत्यको गीतमा मानिसको जीवनशैली, जन्म, कर्म, सिकार, खेतीपातीबारे व्याख्या तथा अभिनय गरिने गुरुङको भनाइ छ ।
मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक एवम् इन्टरनल कल्चर विषयका शिक्षक भानु अधिकारीले गुरुङ समुदायको मौलिक संस्कृति घाटु नाचको संरक्षणका लागि सबैको भूमिका महत्त्वपूर्ण हुने बताउछन । उनले गुरुङ समुदाय विशेष गरी गण्डकी क्षेत्रबाट पश्चिममा आएको विभिन्न स्थानमा बसेका कारण आफ्नो संस्कृति प्रदर्शन गर्न नपाइरहेको बेला वीरेन्द्रनगर –१ सुर्खेतमा रहेका २५ घरधुरीले उक्त अभियान सञ्चालन गर्नु निकै सहनीय काम भएको बताउछन । घाटु नाच संरक्षणमा ध्यान दिने हो भने भावी पुस्ताले पनि घाटुको अनुभव गर्न पाउने उनको भनाइ छ ।
स्रोत : गोरखापत्र अनलाइन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रिमियम जर्मन वाच ब्राण्ड नोमोस अब नेपाली बजारमा
- दराज नेपालद्वारा ९.९ वार्षिक उत्सव अभियानको घोषणा
- पर्यटन बोर्डमा पहिल्यै सीइओको रुपमा काम गरिसकेका अनुभवी र परिपक्क जोशी नियुक्त
- राजनीति छोडेर टुरिजममा लागेका भुपेन्द्र ‘एकान्त एग्रो रिर्सोट’ बाट दैनिक चालिस हजार कमाउछन्
- पर्यटकलाई पर्खेर बसेको मुस्ताङको चुुङसी गुफा
- बालबालिकामा वित्तीय बानी विकास गर्न ग्लोबल आईएमई बैंकले सार्वजनिक गर्यो ‘जुनियर एप’
- एन आई सी एशिया बैंक पीसीआई–डीएसएस भी ४.० भर्सनमा स्तरोन्नति, कार्डको डाटा सुरक्षा अझ बढी मजबुत
- सिटिजन्स बैंक र सुबिसु केबल नेट बीच समझदारी