काठमाडौं । पर्यटनमन्त्री बद्री पाण्डेले आफू सरकारमा सहभागी हुनासाथ दुई वटा ठुला हवाई दुर्घटनापछि नैतिकताको प्रश्न उठेको बताउँदै आफू पनि गम्भीर भएर घोत्लिएको बताएका छन् ।
संसदीय समितिमा आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् ।
“यहाँ नैतिकताको पनि कुरा उठ्यो, उठाउने माननीय हिँडिहाल्नुभयो,” उनले भने, “मन्त्री पदलाई ठुलो र दुर्लभ पद मानेको छैन । मेरो नैतिकताको विषय यसमा जोडिएको छ । म कस्तो मनोदशामा गुज्रिएको हुँला ? म एकप्रकारले अलमलिएको पनि छु । मैले निकै धेरै मेहनत गर्नुपर्ने देखेको छु । विकृतिको डंगुरमाथि उभिएकोजस्तो भएको छु । ”
उनले आफ्नो मन्त्रालयमा जुन क्षेत्र हेर्यो सबै उस्तै रहेको बताए ।
“संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्र सबै उस्तै छ । म साधारण मानिस हुँ । म इमान र मेहनतको बलमा आत्मविश्वास बोकेको मानिस हुँ,” उनले भने, “आफूप्रति म विश्वस्त छु । नैतिकताको आधारमा छाडिहालौँ कि भन्ने पनि परेको छ । मैले छाडिहालेँ भने इमान र मेहनतको बाटोबाट च्युत हुने हो कि ! तथाकथित लोकप्रियताको काममात्रै हुने हो कि भन्ने पनि परेको छ । कुनै पनि क्षण कर्तव्य च्युत नहुनेगरी मन्त्री पद मेरो लागि केही होइन । मातहतका निकाय कारबाहीको विषयमा हामी घोत्लिएका छौँ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त
- सुनसरीका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू
- नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा
- नेपाल टेलिकमले ल्यायो मनसुन अफर
- आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- चिकित्सक संघद्वारा आज देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द
- तोकिएको समय भन्दा अगावै निर्माण कार्य पूरा गरेका सेटी आइजीपी कार्कीबाट सम्मानित
- देवानगञ्ज हिंसात्मक घटनाबारे छानबिन गर्न गृह मन्त्रालयको टोली विराटनगरमा

ट्रेन्डिङ
खबरमुकाम






