काठमाडौं । पर्यटनमन्त्री बद्री पाण्डेले आफू सरकारमा सहभागी हुनासाथ दुई वटा ठुला हवाई दुर्घटनापछि नैतिकताको प्रश्न उठेको बताउँदै आफू पनि गम्भीर भएर घोत्लिएको बताएका छन् ।
संसदीय समितिमा आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् ।
“यहाँ नैतिकताको पनि कुरा उठ्यो, उठाउने माननीय हिँडिहाल्नुभयो,” उनले भने, “मन्त्री पदलाई ठुलो र दुर्लभ पद मानेको छैन । मेरो नैतिकताको विषय यसमा जोडिएको छ । म कस्तो मनोदशामा गुज्रिएको हुँला ? म एकप्रकारले अलमलिएको पनि छु । मैले निकै धेरै मेहनत गर्नुपर्ने देखेको छु । विकृतिको डंगुरमाथि उभिएकोजस्तो भएको छु । ”
उनले आफ्नो मन्त्रालयमा जुन क्षेत्र हेर्यो सबै उस्तै रहेको बताए ।
“संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्र सबै उस्तै छ । म साधारण मानिस हुँ । म इमान र मेहनतको बलमा आत्मविश्वास बोकेको मानिस हुँ,” उनले भने, “आफूप्रति म विश्वस्त छु । नैतिकताको आधारमा छाडिहालौँ कि भन्ने पनि परेको छ । मैले छाडिहालेँ भने इमान र मेहनतको बाटोबाट च्युत हुने हो कि ! तथाकथित लोकप्रियताको काममात्रै हुने हो कि भन्ने पनि परेको छ । कुनै पनि क्षण कर्तव्य च्युत नहुनेगरी मन्त्री पद मेरो लागि केही होइन । मातहतका निकाय कारबाहीको विषयमा हामी घोत्लिएका छौँ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ग्लोबल आइएमई बैंकद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक
- म्यानमारमा नेपाल-म्यानमार व्यापार र पर्यटन एक्स्पो-२०२५ हुँदै
- नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न NMB बैंक, IFC, र EU को साझेदारी
- मुक्तिनाथ विकास बैंकद्धारा कञ्चरपूरमा बैशाखी वितरण कार्यक्रम सम्पन्न
- सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमा PAN अपडेट र ब्यालेन्स सर्टिफिकेट अनुरोध गर्न सकिने सुबिधा थप
- नेपालमा भित्रियो बर्ली एयर कूलर, भब्य रुपमा सार्वजनिक
- बिहीबारदेखि लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुने
- राष्ट्रिय वाणिज्य बैंकद्वारा ग्लोबल मनी विकमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन