विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा कर्फ्यू जारी रहेकै बेला आगजनी र तोडफोडका घटना हुन थालेपछि नेपाली सेना परिचालन गरिएको छ ।
देवानगञ्जमा भएको घटनालाई लिएर सुनसरीका विभिन्न स्थानमा प्रदर्शन चर्किएपछि नेपाली सेना परिचालन गरिएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार कर्फ्यू लागू भएका क्षेत्रमा सेनाको टोली परिचालन गरिएको छ ।
कर्फ्यूको अवज्ञा गर्दै बिहानैदेखि सडकमा उत्रिएको भिडले टायर बालेर प्रदर्शन गरेपछि अवस्था तनावग्रस्त बनेको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्यामा टोली परिचालन गरिए पनि भिड नियन्त्रण गर्न कठिन भएपछि सेना परिचालन गर्नुपरेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । बख्तरबन्द गाडीसहित हतियारधारी सेनाको टोलीसमेत कप्तानगञ्ज पुगेको छ ।
आइतबार राति दुई समुदायबीच तनाव उत्पन्न भएपछि प्रहरीले गोली चलाएको थियो । घटनामा एक जनाको मृत्यु भएको छ भने प्रहरीसहित २१ जना प्रदर्शनकारी घाइते भएका छन् ।
घटनापछि सुनसरीको लौकही, जिल्ला सदरमुकाम इनरुवा लगायतका क्षेत्रमा प्रदर्शन भइरहेको छ । देवानगञ्ज, हरिनगर र कप्तानगञ्ज क्षेत्रमा कर्फ्यू उल्लंघन गर्दै स्थानीय समूह–समूह बनाएर प्रदर्शनमा उत्रिएका छन् ।
सुरक्षा चुनौती बढेपछि कोशी प्रदेशका विभिन्न जिल्लाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा दंगा नियन्त्रणका विशेष टोलीसमेत सुनसरी झिकाइएको छ । कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाका अनुसार कप्तानगञ्जको अवस्था थप संवेदनशील हुन नदिन प्रदेशभरका जिल्लाबाट थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- देवानगञ्ज घटनापछि रास्वपा सांसदको टोलीद्वारा गृहमन्त्रीसँग भेट, विशेष निर्णय लिन आग्रह
- कर्फ्यूबीच कप्तानगञ्जमा आगजनी र तोडफोड, नेपाली सेना परिचालन
- देवानगञ्जको कप्तानगञ्जमा हिन्दु–मुस्लिम झडप छानबिन गर्न गृह मन्त्रालयद्वारा समिति गठन
- बर पिपल रोप्दै नेत्रज्योति कृषि सहकारी संस्थाको १४औँ स्थापना दिवस सम्पन्न
- बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक
- आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- मिस नेपाल २०२६: मौलिक ज्ञान र आधुनिक शिक्षाको फ्युजनसहित प्रतियोगी नम्बर १४ प्रतिमा खड्का मैदानमा
- शिक्षामन्त्रीको राजीनामापछि ‘कक्रोच जनता पार्टी’को आन्दोलन स्थगित

ट्रेन्डिङ
खबरमुकाम






