चौतारा । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४ मा प्रधान कार्यलय रहेको नेत्रज्योति कृषि सहकारी संस्था लिमिटेडले आफ्नो १४औँ स्थापना दिवस तथा वार्षिक साधारण सभा बर पिपल रोपेर सम्पन्न गरेको छ । चैतारासाँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले बरको बिरुवा र वडा अध्यक्ष उद्धब नेपालले पिपलको बिरुवा रोपेर स्थपना दिवस तथा साधरण सभाको शुभारम्भ गरेका हुन् ।
चौतारासाँगाचोकगढी नगरपालिका १४ मा रहेको थान्बारेगढी जन्मत्सोव पार्क घमाने डाँडामा भएको सहकारी सस्थाले स्थापना दिवसको अवसरमा वातावरण संरक्षणको सन्देश प्रवाह गर्दै वर र पिपलका बिरुवा रोपण गरी कार्यक्रमको शुभारम्भ गरेको हो । चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यता तथा १४ नं वडाका वडाका अध्यक्ष उद्धव नेपालको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला बार इकाई सिन्धुपाल्चोकका अध्यक्ष भूपेन्द्र थिङ, नेपाल राष्ट्रिय वन उपभोक्ता महासङ्घका जिल्ला अध्यक्ष जनक गिरी, जनमिलन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शेरबहादुर श्रेष्ठ तथा जनहित दुग्ध उत्पादन सहकारी संस्थाका अध्यक्ष बद्रीप्रसाद नेपाललगायतले कार्यक्रमको शुभकामना दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगरप्रमुख कृष्णप्रसाद सापकोटाले सहकारीहरू स्थानीय आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएको बताए । उनले सहकारीले कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउन उल्लेखनीय योगदान पु¥याउँदै आएको उल्लेख गरे । । राष्ट्रिय कलाकार पहलमान स्व लालबहादुर खातीको र पण्डीत बिद्यापती सापकोटाको सालिक समेत राखेर बनाइएको जन्मत्सोव पार्क अतिरमणीय भएको बताउँदै यो नगरको मात्र होयन राष्टकै पहीचान दिने सम्पती भएको बताए । उनले सहकारी संस्थाहरूले उत्पादन, उत्पादकत्व र बजार व्यवस्थापनमा थप प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
विशेष अतिथि वडा अध्यक्ष उद्धव नेपालले स्थानीय स्तरमा कृषि क्षेत्रको विकासमा नेत्रज्योति कृषि सहकारीले विगत १४ वर्षदेखि खेलेको भूमिका प्रशंसनीय रहेको बताए । उनले सहकारीले सदस्यहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणमा निरन्तर काम गर्दै आएको भन्दै आगामी दिनमा पनि संस्थाले नवीन कार्यक्रमहरू अघि बढाउनुपर्ने धारणा राखे ।
यसैगरी, शुभकामना मन्तव्य राख्दै जिल्ला बार इकाईका अध्यक्ष भूपेन्द्र थिङले सहकारी संस्थाहरूले कानुनी सुशासन, पारदर्शिता र जवाफदेहितालाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने बताए । नेपाल राष्ट्रिय वन उपभोक्ता महासङ्घका जिल्ला अध्यक्ष जनक गिरीले कृषि र वातावरण एकअर्काका परिपूरक भएको उल्लेख गर्दै स्थापना दिवसमा गरिएको वृक्षारोपणले सकारात्मक सन्देश दिएको बताए ।
जनमिलन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शेरबहादुर श्रेष्ठले सहकारीबीचको सहकार्यले स्थानीय स्तरमा आर्थिक गतिविधि विस्तार गर्न मद्दत पुग्ने धारणा व्यक्त गरे । त्यस्तै, जनहित दुग्ध उत्पादन सहकारी संस्थाका अध्यक्ष बद्रीप्रसाद नेपालले उत्पादनमूलक क्षेत्रमा केन्द्रित सहकारीहरूलाई प्रोत्साहन गर्न राज्यले विशेष नीति अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याए ।
साधारण सभामा संस्थाका पदाधिकारीहरूले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति प्रतिवेदन, आय–व्यय विवरण तथा आगामी आर्थिक वर्षका लागि प्रस्तावित कार्यक्रम र योजनाहरू प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमाथि सदस्यहरूबीच विस्तृत छलफल भएको थियो । सहभागीहरूले संस्थाको कार्यसम्पादनप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै कृषि क्षेत्रसँग सम्बन्धित थप सीपमूलक तालिम, उत्पादनको बजारीकरण तथा सदस्यहरूको क्षमता विकासमा ध्यान दिन सुझाव दिएका थिए ।
वि.सं. २०६९ सालमा स्थापना भएको नेत्रज्योति कृषि सहकारी संस्था स्थानीय कृषकहरूलाई संगठित गर्दै कृषि उत्पादनमा आत्मनिर्भरता, सदस्यहरूको आयस्तर वृद्धि तथा सहकारी अभियानलाई बलियो बनाउन सक्रिय रहँदै आएको छ । संस्थाले समय–समयमा कृषि प्रविधि हस्तान्तरण, चेतनामूलक कार्यक्रम तथा सामुदायिक गतिविधिहरू सञ्चालन गर्दै आएको जनाएको छ ।
स्थापना दिवसको अवसरमा गरिएको वर र पिपलको वृक्षारोपणलाई सहभागीहरूले वातावरण संरक्षण र भावी पुस्ताप्रतिको उत्तरदायित्वसँग जोड्दै प्रशंसा गरेका थिए । पछिल्लो समय जलवायु परिवर्तनका असरहरू बढिरहेका बेला यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरिएको थियो ।
भोटेकोशी गाउँपालिकामा पर्ने इको पहिरोमा सडक भासिएपछि आवतजावतमा समस्या परेको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, हिमालय सिमापार र ट्रक कन्टेनर व्यवसायी संघले आफ्नै पहलमा गत बर्षहरुमा पनि सडक अवरुद्ध हुँदा अवरोध खुलाउने कार्य गर्दै आईरहेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले बताए ।
कार्यक्रममा सहकारीका शेयर सदस्य, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। सहकारीको १४ वर्षे यात्रालाई स्मरण गर्दै सहभागीहरूले आगामी दिनमा संस्थाले अझ प्रभावकारी, पारदर्शी र सदस्यकेन्द्रित सेवा प्रदान गर्दै जिल्लामै उदाहरणीय सहकारीका रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका थिए । सस्थाका अध्यक्ष कृष्ण बहादुर नेपालको अधयक्षतामा भएको कार्यक्रममा हलगोरु पलेका कृषक रामबहादुर सार्की बाँझो जग्गामा खेती गरेका ठुलो चोकबहादुर बस्नेत, राम्चे सामुदायक बनका अध्यक्ष बलराम बस्नेतलाइ सम्मान गरिएको थियो । सस्थाका सचिब धनकुमार नेपालले स्वागत मन्तब्य राखेका थिए । भने व्यवस्थापक नेत्रबहादुर बस्नेतले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । उपस्थित अतिथीहरुलाइ सस्थाका कोषाध्यक्ष सिता बानीया र सदस्य रेखा नेपालले स्वागत गरेका थिए ।
नाकाबारे उद्योग वाणिज्य संघले गरायो सरकारको ध्यानाकर्षण
बार्षीक २ अर्व भन्दा बढी राजस्व संकलन गर्ने तातोपानी नाका आवतजावत गर्ने सडक अवरुद्धबारे सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले सरकारको ध्यानाकर्षण गराएको छ । सरकाले समयमा सडक खुलाउन पहलकदमी नबढाएको भनि संघले तातोपानी नाकाबारे चासो बढाएको हो ।
संघका अध्यक्ष बुद्धराज बस्नेतले एक विज्ञप्ती जारी गर्दै शुक्रबार सरकारलाई चासो दिन आग्रह गरेका हुन् । दैनिक लाखौको राजस्व संकलन गर्ने तातोपानी भन्सार कार्यालयले समेत आफ्लो बार्षिक लक्ष्य हासिल गर्न सक्ने अवस्था छैन । गत वर्ष ५० करोड ५२ लाखमा ठेक्का लागेकोमा समेत चीन सरकाले बनाईदिन्छ भन्ने आस्वासन मात्र देखाएको भन्ने कुरा उल्लेख छ ।
अरनिको राजमार्गमा पर्ने तातोपानी –कोदारी सडक असार ३१ गतेबाट भोटेकोशी गाउँपालिका २ मा पर्ने इको पहिरोको कारण ३ घर क्षति र ७० घरहरु उच्च जोखिममा रहेका छन् । १ सय ५० भन्दा बढी मालबहाक कन्टेनरहरु राजधानी प्रवेश गर्न पाएका छैनन् । फलफुल लोड गरिएका कन्टेनरहरुसमेत जाममा परेपछि व्यवसायीहरु मारमा परेका छन् ।
राजधानी नजिक रहेको नेपालको राजस्व संकलन गर्ने नाकाहरु मध्ये दोस्रो स्थानमा रहेको नाकाको आवतजाजत रोकिदा समेत सरकाले चासो नदिएको भनि उद्योग बाणिज्य संघले आरोप लगाएको छ ।
आम उद्योगी र व्यवसायीहरुको हक र हितका लागि स्थापित नीजी संस्थाहरुको छाता संस्थाको रुपमा उद्योग वाणिज्य संघले भुमिका खेल्दै आईरहेको कुरा संघका अध्यक्ष बस्नेतले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बर पिपल रोप्दै नेत्रज्योति कृषि सहकारी संस्थाको १४औँ स्थापना दिवस सम्पन्न
- बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक
- आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- मिस नेपाल २०२६: मौलिक ज्ञान र आधुनिक शिक्षाको फ्युजनसहित प्रतियोगी नम्बर १४ प्रतिमा खड्का मैदानमा
- शिक्षामन्त्रीको राजीनामापछि ‘कक्रोच जनता पार्टी’को आन्दोलन स्थगित
- नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सोमबार उद्घाटन भएर सञ्चालनमा आउने
- आजको विनिमयदर, कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
- कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

ट्रेन्डिङ
खबरमुकाम







