काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच भएको झडपको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा सोमबार बसेको बैठकले मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।
बिहान ९ बजेदेखि बसेको बैठकमा गृह मन्त्रालयका सचिवसहित सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो । छानबिन समितिको नेतृत्व कसले गर्ने भन्ने टुंगो लागिसकेको छैन । समितिमा सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछाने सदस्यसचिव रहनेछन् । साथै, सुरक्षा निकाय र ऊर्जा मन्त्रालयका प्रतिनिधिसमेत समितिमा रहने गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले जानकारी दिएका छन् ।
आइतबार राति कप्तानगञ्जमा भएको झडपका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा कप्तानगञ्ज निवासी ओमप्रकाश मेहता रहेका छन् ।
मन्दिरमा ठूलो आवाजमा डिजे बजाइएको तथा त्यसअघि विद्युत्को पोलमा राखिएको मुस्लिम समुदायको झन्डा हटाएर हिन्दु समुदायको झन्डा राखिएको विषयलाई लिएर विवाद सुरु भएको बताइएको छ । विवाद बढ्दै गएपछि दुई समुदायबीच झडप भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- देवानगञ्ज घटनापछि रास्वपा सांसदको टोलीद्वारा गृहमन्त्रीसँग भेट, विशेष निर्णय लिन आग्रह
- कर्फ्यूबीच कप्तानगञ्जमा आगजनी र तोडफोड, नेपाली सेना परिचालन
- देवानगञ्जको कप्तानगञ्जमा हिन्दु–मुस्लिम झडप छानबिन गर्न गृह मन्त्रालयद्वारा समिति गठन
- बर पिपल रोप्दै नेत्रज्योति कृषि सहकारी संस्थाको १४औँ स्थापना दिवस सम्पन्न
- बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक
- आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- मिस नेपाल २०२६: मौलिक ज्ञान र आधुनिक शिक्षाको फ्युजनसहित प्रतियोगी नम्बर १४ प्रतिमा खड्का मैदानमा
- शिक्षामन्त्रीको राजीनामापछि ‘कक्रोच जनता पार्टी’को आन्दोलन स्थगित

ट्रेन्डिङ
खबरमुकाम






