पोखरा–जोमसोम हवाई सेवा दुई महिनापछि सञ्चालन भएको छ । बर्खायामको मनसुनसँगै हवाई यात्रुको चाप घट्दै गइरहेको र प्रतिकूल मौसमका कारण दुई महिनादेखि सेवा बन्द रहेको थियो ।
निजी वायुसेवा कम्पनी यति एयरलाइन्सको भगिनी संस्था तारा एयरलाइन्सले गत २ असारदेखि र समिट एयरलाइन्सले २० असारदेखि पोखरा–जोमसोम हवाई उडान बन्द गरेका थिए ।
जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलले पर्यटकीय याम सुरु भएसँगै उडान भर्न सुरु गरिएको जानकारी दिए । उनका अनुसार यहाँ पोखरा–जोमसोम हवाई उडानका लागि समिट एयरलाइन्सको ट्विनअटर जहाजले आजदेखि उडान भर्न सुरु गरेको छ ।
आज पहिलो दिन समिट एयरलाइन्सको जहाजले पोखरा–जोमसोम दुईवटा उडान भरेको कार्यालय प्रमुख पोखरेलले बताए । सुरुआती उडानको पहिलो दिन ३६ जना यात्रु लिएर जहाज जोमसोम विमानस्थलमा अवतरण गरेको उनले बताए । कार्यालय प्रमुख पोखरेलले आज मात्रै मुस्ताङमा तीनवटा हेली कम्पनीले आठवटा उडान भरेको जानकारी दिए ।
तारा एयरलाइन्सको जहाजले पनि एक हप्तापछि यहाँ उडान भर्ने जनाएको छ । तारा एयरलाइन्सका जोमसोम स्टेसन इञ्चार्ज सुजन लालचनले सेप्टेम्बर ७ तारिखमा आफ्नो एयरलाइन्सले उडान सञ्चालन गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







