
अन्तर्राष्ट्रिय हवाई कम्पनीले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएका उडानलाई निरन्तरता नदिने भएका छन् । कहिले मौसम खराबको बहाना र कहिले यात्रु अभावका कारण भैरहवामा उडान गर्न अनुच्छिक देखिएका अन्तर्राष्ट्रिय हवाई कम्पनीले गर्मीयाममा हुने उडान तालिका अनुसार भैरहवामा जारी उडानलाई निरन्तरता नदिने तयारीमा लागेका हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हाल भैरहवामा नेपाल वायुसेवा निगमसहित तीन वटा अन्तर्राष्ट्रिय हवाई कम्पनीले उडान गर्दै आएका छन् । चैत १९ गतेदेखि लागु हुने गर्मीयामको उडान तालिका अनुसार कुनै पनि हवाई कम्पनीले अनुमति नलिएर भैरहवाबाट उडान सुरु गरेका हवाई कम्पनी पुनः काठमाडौँबाटै उडान सुरु गर्ने तयारीमा लागेका हुन् ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, ‘हाल भैरहवामा फ्लाई दुबईले दैनिक एक, थाई एयर एसियाले साताका दुई र जजिराले सातामा तीन वटा सिधा उडान गर्दै आएका छन् भने निगमले साताको तीन दिन मलेसियाबाट भैरहवा हुँदै काठमाडौँमा उडान गर्दै आएको छ । हालसम्म कुनै पनि वायुसेवा कम्पनीले गर्मीयाममा पनि भैरहवामा उडानलाई निरन्तरता दिने गरी अनुमति मागेका छैनन् ।’
भैरहवामा नियमित उडान सञ्चालनका लागि आरएनपी–एआर (रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स अथराइजेसन रिक्वायर्ड) प्रणाली लागु भए पनि उक्त प्रणाली व्यवहारमा कार्यान्वयनमा आउन सकेको छैन ।
सम्बन्धित वायुसेवाले आफ्नो देशको विभागीय मन्त्रालयसँग अनुमति लिई आफ्ना पाइलटलाई तालिम दिएर परीक्षण उडान गरेपछि मात्रै व्यावहारिक कार्यान्वयनमा आउने यो विधिमा आधारित रहेर उडान गर्न हालसम्म फ्लाई दुबई मात्रै इच्छुक देखिए पनि हाल उडान गर्दै आएकासहित अन्य हवाई कम्पनी भने अनुमतिको प्रक्रियामा नआएको उनले जानकारी दिए ।
गत कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका क्रममा उडान कटौती भएर बाध्य भएर भैरहवा उडान सुरु गरेका हवाई कम्पनीमध्ये कात्तिक २७ देखि उडान सुरु गरेको कतार एयरवेजले यात्रु अभावका कारण देखाउँदै मङ्सिर १५ देखि उडान बन्द गरिसकेको छ । चैत १९ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राति १२ बजेसम्म सञ्चालनमा आउने भएपछि भैरहवाबाट खाली जहाज उडान गर्दै आएका हवाई कम्पनी पुनः काठमाडौँबाटै उडान थाल्ने तयारीमा देखिएका हुन् ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार माघ १९ गतेदेखि फागुन १६ गतेसम्म त्यहाँ ११५ अन्तर्राष्ट्रिय उडान–अवतरण भएका छन् । उक्त उडानमार्फत हालसम्मकै सर्वाधिक छ हजार ७७९ यात्रु भैरहवामा अवतरण गरेका छन् । (स्रोत गोरखापत्र)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ग्लोबल आइएमई बैंकद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक
- म्यानमारमा नेपाल-म्यानमार व्यापार र पर्यटन एक्स्पो-२०२५ हुँदै
- नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न NMB बैंक, IFC, र EU को साझेदारी
- मुक्तिनाथ विकास बैंकद्धारा कञ्चरपूरमा बैशाखी वितरण कार्यक्रम सम्पन्न
- सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमा PAN अपडेट र ब्यालेन्स सर्टिफिकेट अनुरोध गर्न सकिने सुबिधा थप
- नेपालमा भित्रियो बर्ली एयर कूलर, भब्य रुपमा सार्वजनिक
- बिहीबारदेखि लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुने
- राष्ट्रिय वाणिज्य बैंकद्वारा ग्लोबल मनी विकमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन