अन्तर्राष्ट्रिय हवाई कम्पनीले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएका उडानलाई निरन्तरता नदिने भएका छन् । कहिले मौसम खराबको बहाना र कहिले यात्रु अभावका कारण भैरहवामा उडान गर्न अनुच्छिक देखिएका अन्तर्राष्ट्रिय हवाई कम्पनीले गर्मीयाममा हुने उडान तालिका अनुसार भैरहवामा जारी उडानलाई निरन्तरता नदिने तयारीमा लागेका हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हाल भैरहवामा नेपाल वायुसेवा निगमसहित तीन वटा अन्तर्राष्ट्रिय हवाई कम्पनीले उडान गर्दै आएका छन् । चैत १९ गतेदेखि लागु हुने गर्मीयामको उडान तालिका अनुसार कुनै पनि हवाई कम्पनीले अनुमति नलिएर भैरहवाबाट उडान सुरु गरेका हवाई कम्पनी पुनः काठमाडौँबाटै उडान सुरु गर्ने तयारीमा लागेका हुन् ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, ‘हाल भैरहवामा फ्लाई दुबईले दैनिक एक, थाई एयर एसियाले साताका दुई र जजिराले सातामा तीन वटा सिधा उडान गर्दै आएका छन् भने निगमले साताको तीन दिन मलेसियाबाट भैरहवा हुँदै काठमाडौँमा उडान गर्दै आएको छ । हालसम्म कुनै पनि वायुसेवा कम्पनीले गर्मीयाममा पनि भैरहवामा उडानलाई निरन्तरता दिने गरी अनुमति मागेका छैनन् ।’
भैरहवामा नियमित उडान सञ्चालनका लागि आरएनपी–एआर (रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स अथराइजेसन रिक्वायर्ड) प्रणाली लागु भए पनि उक्त प्रणाली व्यवहारमा कार्यान्वयनमा आउन सकेको छैन ।
सम्बन्धित वायुसेवाले आफ्नो देशको विभागीय मन्त्रालयसँग अनुमति लिई आफ्ना पाइलटलाई तालिम दिएर परीक्षण उडान गरेपछि मात्रै व्यावहारिक कार्यान्वयनमा आउने यो विधिमा आधारित रहेर उडान गर्न हालसम्म फ्लाई दुबई मात्रै इच्छुक देखिए पनि हाल उडान गर्दै आएकासहित अन्य हवाई कम्पनी भने अनुमतिको प्रक्रियामा नआएको उनले जानकारी दिए ।
गत कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका क्रममा उडान कटौती भएर बाध्य भएर भैरहवा उडान सुरु गरेका हवाई कम्पनीमध्ये कात्तिक २७ देखि उडान सुरु गरेको कतार एयरवेजले यात्रु अभावका कारण देखाउँदै मङ्सिर १५ देखि उडान बन्द गरिसकेको छ । चैत १९ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राति १२ बजेसम्म सञ्चालनमा आउने भएपछि भैरहवाबाट खाली जहाज उडान गर्दै आएका हवाई कम्पनी पुनः काठमाडौँबाटै उडान थाल्ने तयारीमा देखिएका हुन् ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार माघ १९ गतेदेखि फागुन १६ गतेसम्म त्यहाँ ११५ अन्तर्राष्ट्रिय उडान–अवतरण भएका छन् । उक्त उडानमार्फत हालसम्मकै सर्वाधिक छ हजार ७७९ यात्रु भैरहवामा अवतरण गरेका छन् । (स्रोत गोरखापत्र)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







