विराटनगर । शनिबार राति सुनसरीको देवानगञ्जमा भएको घटनापछि जिल्लाका विभिन्न क्षेत्रमा प्रदर्शन चर्किएसँगै मुख्य राजमार्ग र इनरुवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ । देवानगञ्जमा दुई समुदायबीच भएको झडपका क्रममा सशस्त्र प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएपछि आज घटनाको विरोधमा प्रदर्शन भएको हो ।
प्रदर्शनका क्रममा तोडफोड र आगजनीका घटना भएपछि सुनसरीको पकलीदेखि कोशी ब्यारेजसम्मको मुख्य राजमार्ग क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ । यस्तै, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम इनरुवाको मुख्य बजार क्षेत्रमा समेत कर्फ्यू आदेश जारी गरिएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार अर्को आदेश जारी नभएसम्म तोकिएको क्षेत्रभित्र आवतजावत गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा वा बैठक गर्न तथा घेराउ गर्न निषेध गरिएको छ ।
देवानगञ्ज क्षेत्रमा भने हिजोदेखि नै कर्फ्यू आदेश जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी
- यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयः नौ विधेयक संसदमा पेस गर्ने
- राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो
- गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी

ट्रेन्डिङ
खबरमुकाम







