काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारत भ्रमणको निम्तो आएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रन्धिर जैसवालले प्रधानमन्त्री शाहलाई भारत भ्रमणका लागि निम्तो दिइएको जानकारी दिएका हुन् ।
भारतीय विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मंगलबार सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै प्रवक्ता जैसवालले नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो पठाइएको बताए । ‘हो, नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो पठाइएको छ,’ उनले भने ।
नेपाल सरकारले भने यसबारे औपचारिक रूपमा कुनै जानकारी दिएको छैन । यद्यपि, अधिकारीहरूले उपयुक्त समयमा प्रधानमन्त्री शाहको भारत भ्रमण हुने बताउँदै आएका छन् ।
सरकार गठन भएको पाँच महिना पुग्न लाग्दासमेत प्रधानमन्त्री शाहले हालसम्म कुनै पनि देशको औपचारिक भ्रमण गरेका छैनन् । करिब तीन महिनाअघि परराष्ट्रमन्त्री शिशिर खनाल मौरिसस भ्रमणमा जाँदा भारतीय समकक्षी एस जयशंकरसँगको भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो दिइएको चर्चा भएको थियो ।
तर, निम्तो आएको सय दिनभन्दा बढी समय बितिसक्दा पनि प्रधानमन्त्री शाहको भारत भ्रमण हुन सकेको छैन ।
प्रधानमन्त्री शाह भारत भ्रमणमा नगए पनि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भने भारत भ्रमण गरिसकेका छन् । लामिछाने गत जेठ १८ गतेदेखि पाँचदिने भारत भ्रमणमा गएका थिए ।
भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरलगायतसँग भेटवार्ता गरेका थिए । यसअघिका भ्रमणभन्दा फरक रूपमा उनले भारतीय गृहमन्त्री अमित शाहसँग समेत भेटवार्ता गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






