धनगढी - आ–आफ्ना दाजुभाई र भतिजाका दीर्घायुका लागि रानाथारु समुदायका महिला व्रत बसेर तीज पर्व मनाइ रहेका छन् । धनगढी गाउँका स्थानीय रामरतोदेवी रानाका अनुसार तीजको दिन दिनभरि निराहार व्रत बसेर बेलुकातिर नदीमा गएर पूजा गर्ने चलन रहेको छ । त्यस क्रममा व्रतालु महिलाहरुले सामनकी डोला बनाउन प्रयोग गरिएको डोरी (मुरिया) काटेर नदीतिर लाग्ने गरेका छन् ।
यस्तै, झुरकी (कुसको गाँठो) बनाएर लग्ने चलन छ । विवाहित व्रतालुले सात वटा गाँठो र अविवाहितले पाँच वटा गाँठो बनाएर झुरकी लग्ने र मुरियासहित त्यसलाई नदीमा सेलाउने गरेको जनाइएको छ ।
सो क्रममा व्रतालुहरुले झुरकी र मुरियालाई नदीको धारमा छोडेर “धारैधार टाढा जानू, हाम्रो दाजुभाई, भतिजाको उमेर बढाउनू” भन्ने गरेको रामरतोले बताउछन । नदीमा झुरकी बगेर जति टाढा जान्छ, दाजुभाई, भतिजाको आयु त्यति नै लामो हुने जनविश्वास रहेको उनले ले उल्लेख गरेका छन ।
तीजको पूजाआजापछि व्रतालुसहित घरपरिवार सबै मिलेर सिमही, पुरी, गुलगुला, पकौडा, पपरा लगायतका मिठा परिकार खाने चलन रहेको छ । यसैगरी, दाजुभाईहरुले व्रतालुहरुलाई आशिर्वादको साथै सकेको दक्षिणा पनि दिने चलन रहेको छ । यस्तै, व्रतालुहरु सामनको डोला खेलेर रमाउने गरेको जनाइएको छ ।
तीज रानाथारु समुदायका महिलाको विशेष र सामाजिक, सांस्कृतिक, भाषिक, ऐतिहासिक महत्व बोकेको विशिष्ट पर्व रहेको नेपाल रानाथारु समाजका अध्यक्ष कृपाराम रानाको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- पाँच दिनका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी
- यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयः नौ विधेयक संसदमा पेस गर्ने
- राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो
- गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने

ट्रेन्डिङ
खबरमुकाम







