काठमाडौं - । एभरेष्ट बैंकले गत आर्थिक बर्षमा ३ अर्ब ७० करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको गत आव २०८०र८१ को चौथो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार सो मात्रामा नाफा आर्जन गरेको हो । बैंकले आव २०७९र८० मा त्यस्तो ३ अर्ब ३६ करोड रुपैयाँ कमाएको थियो । बैंकले आफ्नो नाफा ३४ करोड अर्थात १०.११ प्रतिशतले बढाउन सफल भएको हो ।
बैंकको वितरण योग्य नाफा नै ३ अर्ब ५१ करोड रुपैयाँ रहेको छ, जसबाट बैंकका लगानीकर्ताले २९.८६ प्रतिशत लाभांश (कर बाहेक) वितरण गर्न सक्छ । बैंकले गत आर्थिक बर्षमा ७ अर्ब ६६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकले २ खर्ब ३२ अर्ब रुपैयाँ निषेप संकलन गरेर एक खर्ब ७९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
११ अर्ब ७६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १२ अर्ब २५ करोड रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी ३१.४५ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ २३६.०६ रुपैयाँ रहेको छ । बैंकको स्प्रेड दर ३.९८ प्रतिशत रहँदा आधार ब्याजदर ७.५४ प्रतिशत रहेको छ । एभरेष्टको कस्ट अफ फण्ड ५.६४ प्रतिशत रहँदा सीडी रेसियो ८०.२९ प्रतिशत पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






