काठमाडौं । वाणिज्य बैंकहरु मध्ये सबैभन्दा धैरै नाफा कमाउने बैंक नविल बनेको छ । नविल बैंकले आर्थिक वर्ष २०८०र०८१ मा ७ अर्ब ६ करोड मुनाफा आर्जन गरेको हो ।
बैंकले प्रकाशित गरेको अपरिष्कृत विवरण अनुसार अघिल्लो वर्षको तुलनामा नाफा बढेको हो । आर्थिक वर्ष २०७९र०८० मा बैंकले ६ अर्ब ६० करोड नाफा गरेको थियो ।
बैंकको ब्याज आम्दानी ८.६९ प्रतिशतले गिरावट देखिएको छ । कम्पनीको सञ्चालन मुनाफा ६.५१ प्रशितले बढेको छ । बैंकले खराब कर्जा घटाउन ठूलो मिहनेत गरेको देखिन्छ ।
गतवर्ष बैंकले १.१८ प्रतिशत रहेको खराब कर्जालाई १.०७ प्रतिशतमै सिमित गरेको छ । बैंकले नाफामा सुधार गरेसँगै प्रति शेयर आम्दानीमा पनि सुधार गरेको छ । अब बैंकको प्रतिशेयर आम्दानी २६.९ रुपैयाँ पुगेको छ ।
बैंकको वितरण योग्य मुनाफा ३ अर्ब ८५ करोड छ । बैंकले निक्षेप संकलन १६.४४ प्रतिशतले बढाएको छ भने कर्जा विस्तार १२.९४ प्रतिशतले बढाएको छ । २७ अर्ब ५ करोड चुक्ता पुँजी रहेको बैंकमा ३२ अर्ब ५१ करोड जगेडा कोषमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






