काठमाण्डौँ - जनता समाजवादी पार्टी (जसप) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले समावेशीता र संघीयतामाथि प्रहार गर्न लागेको आरोप लगाएका छन् । शनिबार ओखलढुङ्गा काठमाण्डौँ सम्पर्क समितिले काठमाण्डौमा आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।
अध्यक्ष यादवले वर्तमान सरकारले राजनीतिक स्थीरताको नाममा समावेशीतालाई हटाउने, थ्रेसहोल्ड बढाउने र संघीयतालाई समाप्त खोजेको भन्दै सरकारको उक्त रबैयाप्रति आपत्ति जनाएका छन् । संघीय प्रणालीलाई अन्त्य गरी केन्द्रिकृत र नियन्त्रित एकात्मक शासन लाद्ने प्रयत्य हुन थालेको अध्यक्ष यादवको दाबी छ । समावेशीता, स्वशासन, पहिचान र प्रतिनिधित्वको आधार नै संघीयता भएको भन्दै उनले ठूला दलका नेताहरुको अस्थिर मानसिकता, सबैथोक सरकार नै हो भन्ने सोच, सत्ताको लागि जे पनि कुकर्म गर्न तयार हुने व्यवहार, चरित्र र मानसिकता नै राजनीतिक अस्थिरताको मूल कारण भएको बताएका छन् ।.jpg)
समावेशीता, लोकतन्त्र र संघीयता हटाएर निरंकुशतामा राजनीतकि स्थिरता खोजेर नहुने कुरा जिकिर गरे ।
उक्त अवसरमा विभिन्न पार्टी परित्याग गरी करिब १ सय नेता कार्यकर्ता (जसप) नेपाल प्रवेश गरेका छन् । अध्यक्ष यादवले नवप्रवेशीलाई खादा अबिर लगाएर पार्टी प्रवेश गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






