हुम्लाको परम्परागत घर लोप हुँदै

  काठमाडौँ  -  हुम्ला,। जिल्लाका अधिकांश गाउँका घरहरू परम्परागत रूपमा माटोले छापेका थिए तर हिजोआज यी घरहरू लोप हुने अवस्थामा पुगेको देखिन्छ । 

गाउँमा छुटफुट रूपमा मात्र केही गाउँमा यी परम्परागत घरहरू देखिने गरिएको छ भने अधिकांश गाउँहरूमा  जस्तापाता र आरसिसी घरहरू निर्माण हुन थालेका छन् । मौलिक पहिचान दिने परम्परागत घरहरू लोप हुने अवस्थामा पुगे पनि सरोकार निकायहरूले भने कुनै चासो नदेखाएको स्थानीय जगत शाही बताउछन  । यसरी नै हो भने हुम्लाको इतिहास नै नमेटिएला भन्न सकिएन तत्काल आधुनिक सामाग्री प्रयोग भए पनि परम्परागत इतिहासलाई संरक्षणमा स्थानीय तहले चासो दिन उनले माग गरे ।

यी घरहरू लोप भए परम्परागत मौलिकपना पनि हराउने चिन्ता देखिएको बताउँदै उनले गाउँमा माटोका छाना भएका घरहरूको आफ्नै महत्त्व छ । आफ्नो गाउँमा दुई वर्षयता बिस प्रतिशत घरका माटोको छाना विस्थापन भएको बताउँदै यसबाट गाउँको शोभा समेत हराउन थालेको शाही बताउछन । 

यता अदानचुली गाउँपालिका– २ का जङ्गबहादुर रोकायाले परम्परागत माटोका छाना भएका घरहरू बिस्तारै घट्दै जान थालेको बताउछन । उनले निश्चय पनि स्थानीयले जस्तापाताले छाएका र आरसिसी घरहरू निर्माण गरिनु सकारात्मक कुरा भए पनि यसबाट गाउँघरको मौलिकपना हराउने चिन्ता थपिएको बताउछन । उनले गाउँपालिका केन्द्रबाट वडासम्म ग्रामीण सडक निर्माण कार्य धमाधम भई रहेसँगै जस्तापाताले माटोका छाना भएका घरहरू विस्थापित भई रहेको बताउछन । अदानचुली गाउँपालिकामा पच्चीस प्रतिशत घरहरूमा माटोका छानाहरू विस्थापित भएको बुझाई उनको छ । 

त्यस्तै अदाचुली गाउँपालिका– ४ का सुरेन्द्र शाहीले पनि जस्तापाता कै कारण माटोका छाना भएका घरहरू हराउने अवस्थामा पुगेको बताउछन । उनले गाउँपालिका केन्द्र पिप्लाङका अधिकांश घरहरू जस्तापाताले छापेर निर्माण गरिएको कारण पछिल्लो पुस्ताले परम्परागत घरहरू देख्नै नपाउने अवस्था आएको बताउछन । उनले यी घरहरू तीनदेखि चार पुस्ता पुराना भएको कारण यसको संरक्षणमा लाग्नु आवश्यक रहेको बताउछन। यो अवस्था सर्केगार्ड, खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाको पनि उस्तै रहेको छ । 

सघन सहरी विकास कार्यालय जुम्लाका सवइन्जिनीयर विमल रावतले सरकारी र व्यक्तिगततर्फबाट गाउँ गाउँमा माटोको छाना भएका घरहरू विस्थापन गरेर जस्तापाताले छापेका घरहरू निर्माण गर्ने क्रम बढी रहेको बताउँदै आफ्नो कार्यालयले मात्र दुई हजार भन्दा बढी जस्तापाताले छापेका घरहरू निर्माण गरेको बताउछन । उक्त कार्यालयले यो कार्यलाई निरन्तरता दिँदै आएको छ । कर्णाली प्रदेश सरकारबाट मात्र खार्पुनाथ र ताँजाकोट गाउँपालिकाका पाँच सय भन्दा बढी व्यक्तिका घरहरू जस्तापाताले छापेका घरहरू निर्माण गरी दिएको छ । उहाँले जिल्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएसँगै जस्तापाताले छापेका घरहरू निर्माण गर्ने व्यक्तिहरू बढी रहेको र केहीले त आरसिसी घरहरू समेत निर्माण कार्य सुरु गरेको कारण यी परम्परागत माटोको छाना भएका घरहरू हराउँदै जाने अवस्था विद्यमान रहेको बताउछन । 

जिल्लाका सात वटै गाउँपालिकाका लिमी बाहेक अन्य सबै बस्तीहरूमा जस्तापाताले छापेका घर निर्माण गर्ने कार्य बढ्दै गएको उनले बताउछन । सडक निर्माण भएर विकास आएसँगै परम्परा झल्किने घरहरू भने लोप हुने देखिएको कारण यसका लागि संरक्षणका नीति लिन आवश्यक रहेको उनले बताउछन ।

स्रोत :  राजन रावतको रिर्पोटबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै