काठमाडौं - । काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका वडा नं ५ खडपु वा श्रीखण्डपुरमा अवस्थित प्रख्यात श्वेत भैरवको मन्दिर। बनेपा बजारदेखि पनौती जाँदा करिब २ किलोमिटरको दुरीमा, सडकको बायाँतर्फ अर्थात् खोलाको पारी उच्च स्थानमा अवस्थित रहेको छ । यो प्रख्यात एवम प्राचीन श्वेत भैरवको मन्दिर हो ।
यस स्थललाई हाल खडपु भनिन्छ भने पुरानो यस स्थलको नाम श्रीखण्डपुर हो। तीन छाना भएको यस श्वेत भैरवको मन्दिर निकै नै कलात्मक र आकर्षक रहेको छ। २ छाना र गजुरमा सुनको मोलम्बा लगाइएको छ। मन्दिरको प्रमुख प्रवेशद्वार अगाडी दायाँ र बायाँ सिंहले पहरा दिएका छन्।
मन्दिरको भित्र होचो भागमा श्वेत भैरवको प्रतिकात्मक स्थान रहेको छ। यही स्थानमा भक्तजनहरू पूजा अर्चना गर्ने गर्दछन् ।
यस मन्दिरका पुजारीका अनुसार यस भैरव मन्दिरमा चैत महिनामा लिङ्गो ठड्याई जात्रा पर्व मनाइने गरिन्छ र असार महिनामा विशेष पूजा समेत हुने गर्दछ। सडक किनारै दाहिनेतर्फ श्वेत भैरवको मन्दिर रहेको छ भने सडकको बायाँ तर्फ किनारमा यस मन्दिरको प्राचीनतम शिलालेख समेत रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी
- यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयः नौ विधेयक संसदमा पेस गर्ने
- राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो
- गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी

ट्रेन्डिङ
खबरमुकाम







