काठमाडौं - संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि सरकारी प्रयासले मात्रै विराट प्रगति गर्न नसकिने बताएका छन् ।
नेपाल पर्यटन बिकास बोर्डले बुधबार गरेको कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले निजी क्षेत्रलाई पनि पर्यटन क्षेत्रको विकास सहयोग गर्न आग्रह गरेका छन् ।
भिजिट नेपाल अभियानले पर्यटन क्षेत्रलाई उजागर गरेको उनको भनाइ थियो।आग्रह, पूर्वाग्रह नहेरी पर्यटनको विकासका लागि अघि बढ्न उनले आग्रह गरेका थिए ।
उनले परिणाममुखी काम गरेर पर्यटनको क्षेत्रमा चलायमान र गतिशील बनाउन आग्रह गरेका छन् । उनले पर्यटनका क्षेत्रमा नीतिगत, कानुनी, पद्धती वा प्रवृत्तिको कारणले समस्या उत्पन्न भएको हो त्यसको पहिचान गरेर अघि बढ्नुपर्ने पनि बताए ।
नेपाल वायु सेवा निगम लगायतका क्षेत्रमा प्रश्न उठेको बताउँदै उनले के कति कारणले चल्न सकेको छैन भन्दै प्रश्न गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






