ललितपुर । रातो मत्स्येन्द्रनाथ करुणामय को (पानेजु )पुजारी ले सोमबार कीर्तिपुरकी याकः मिसालाई फूलप्रसाद चढाउनुभएको छ । कीर्तिपुरका ७३ वर्षीय लक्ष्मीकुमारी महर्जन याक मिसा लाई मत्स्येन्द्रनाथको फूलप्रसाद चढाएनकी हुन ।
अविवाहित महर्जनलाई याकः मिसा एवं कन्या कुमारी मानेर उक्त प्रसाद चढाइएको हो ।
सांस्कृतिक अभियन्ता नारायण महर्जनका अनुसार अबको चार दिनपछि तानिने मत्स्येन्द्रनाथको जात्रामा सहभागी हुन कीर्तिपुरवासीलाई निमन्त्रणा गरिएको अर्थमा यो प्रसाद चढाउने गरिन्छ । रातो मत्स्येन्द्रनाथको रथ लगनखेलबाट तानेर जावलाखेल लैजानुभन्दा चार दिनअघि मूलपुजारी (पानेजु) खाली खुट्टा हिँडेरै प्यंगथाँ पुगी याकः मिसालाई फूल चढाउने गरिन्छ । याकः मिसालाई मत्स्येन्द्रनाथकी जीवित ‘प्रेमिका’ का रूपमा लिइन्छ ।
याकः मिसाले प्रसाद लिइसकेपछि उहाँकै खलकका अन्य कुमारी कन्याले फूलप्रसाद लिने चलन छ । त्यसपछि कीर्तिपुरका अन्य महर्जन समुदायका अविवाहित केटी यो विधिमा सरिक हुन पाउँछन् । प्यंगथाँकी कुमारी कन्यालाई मत्स्येन्द्रनाथकी प्रेमिका मान्ने चलन रथयात्रा जत्तिकै पुरानो भएको जनविश्वास छ । यो जात्रा कम्तीमा चौध सय वर्ष पुरानो हो भन्ने मान्यता रहेको छ ।
लक्ष्मीकुमारी महर्जनले पहिलो पटक मत्स्येन्द्रनाथको नामबाट फूलप्रसाद लिँदा १० वर्षकी थिइिन। त्यसयता ६३ वर्षदेखि निरन्तर मत्स्येन्द्रनाथकी ‘प्रेमिका’ का रूपमा समर्पित थिइन । उनि अविवाहित भएको हुनाले अरू कसैले त्यो ठाउँ लिन सकेका छैनन् । वैशाख २७ गते रथारोहण गराएको रातो मत्स्येन्द्रनाथलाई २९ गते शनिबार रथयात्रा गराइएको थियो । यही साउन १७ गने रथ तानेर जावलाखेलमा पु¥याइने छ । अर्को साइत हेरेर राष्ट्र प्रमुखबाट भोटो देखाएर विधिवत् रूपमा जात्रा समापन हुने गर्छ
गुठी संस्थानले याकः मिसाका लागि वार्षिक पाँच हजार ५५५ को दक्षिणा दरबन्दी कायम गरिएको जनाइएको छ । गुठी संस्थानद्वारा सोमबार जारी विज्ञप्ति अनुसार रातो मत्स्येन्द्रनाथको रथ जात्रासँग सम्बन्धित याकः मिसाका निमित्त पानेजुले फूलप्रसाद चढाउने दिनमा कार्यालयको प्रतिनिधि गई सो दक्षिणा दिने जनाइएको छ । सो रकम दुई वर्षको १० प्रतिशतका दरले बढाउने पनि गुठी संस्थानले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






