लक्ष्मी सन्राइज बैंक कोष प्रवद्र्धक तथा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत प्रतिफल वितरण गर्ने निर्णय गरेका छ ।
। सञ्चालित “लक्ष्मी उन्नती कोष” र “लक्ष्मी भ्यालु फण्ड २” नामक बन्दमुखी योजनाहरुको आर्थिक लेखापरिक्षण कार्य सम्पन्न भई योजना व्यवस्थापकको संचालक समितिको १४४ औं बैठकले आर्थिक वर्ष को लागि “लक्ष्मी उन्नती कोष” का इकाईधनीहरुलाई कर सहित ७.५% प्रतिफल र “लक्ष्मी भ्यालु फण्ड २” का इकाईधनीहरुलाई कर सहित ४.५% प्रतिफल वितरण गर्ने निर्णय गरेको हुँदा सो को जानकारी अवगत गराएको छ ।
साथै “शुभ लक्ष्मी कोष” नामक खुलामुखी योजनाको आर्थिक २०८०/८१ को लेखापरिक्षण कार्य सम्पन्न भई योजना व्यवस्थापकको मिति २०८१/०४/१४ गते बसेको संचालक समितिको १४४ औं बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि सो योजनाका इकाईधनीहरुलाई कर सहित ७.५% प्रतिफल वितरण गर्ने निर्णय गरेको हुँदा सो को जानकारी अवगत गराएको छ ।
“शुभ लक्ष्मी कोष” एक खुलामुखी योजना रहेको र यस योजनाका इकाईधनीहरुले आफुले प्राप्त गर्ने लाभांश (कर तथा निर्धारित डिपि शुल्क कट्टी पछि) बराबरको रकमबाट सो लाभांश वितरण पश्चात् समायोजित मूल्यमा लाभांश पुनः लगानी योजना डिभाइडेन रि इन्भेष्टमेन्ट प्लान मार्फत उक्त रकमले हुन आउने थप इकाईहरु खरिद गर्न सक्ने समेत सुविधा रहेको छ । यस अघि नै उक्त योजनामा सहभागी हुन आफ्नो नामदर्ता गराई सक्नु भएका योग्य इकाईधनीहरुको हितग्राही खाता अकाउन्टमा यथासिघ्र इकाईहरु पठाईने व्यहोरा समेत अवगत गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






