काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी भएकाे हाे ।
बैशाख ७ गते दुवै पक्षबिच समझदारी पत्रमा हस्ताक्षर भएपछि अब सबैले विमानस्थलमा निर्वाध इडुरोम प्रयोग गर्न पाउने भएका छन् । नेअशिसले नेपालका सबै शिक्षण संस्था तथा अनुसन्धान गर्ने निकायहरूलाई निःशुल्क इडुरोम सेवा प्रदान गर्दै आएको छ ।
नेअशिसले यो सेवा दिन थालेको धेरै वर्ष भइसक्दा पनि नेपालमा अनुसन्धानलाई दिइएको न्यून प्राथमिकता र अझै सम्म पनि पौराणिक शिक्षण विधि अपनाइएको कारण यो सेवा बारे धेरै संस्थाहरू अनभिज्ञ छन् । देश कोभिड महामारीले आक्रान्त भई भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न असम्भव हुँदा नेअशिसले शिक्षण संस्थाहरूलाई जूमको प्रयोग गरी अनलाइन कक्षा लिने सेवा दिन थालेपछि यस सञ्जाल बारे उत्सुकता बढ्न शुरु भएको थियो र सञ्जालको सदस्य सङ्ख्यामा छोटो समयमै उल्लेख्य वृद्धि भएको थियो।
कोभिड महामारीको प्रभाव घटेपछि पनि नेअशिसले आफ्नो सेवा निरन्तर दिइरहेको छ । पछिल्लो समयमा नेअशिसको सदस्य सङ्ख्यामा बिस्तारै वृद्धि भएको छ तर अनभिज्ञताकै कारण देशका अधिकांश शिक्षण संस्था तथा अनुसन्धान गर्ने निकायहरू यस सञ्जालबाट पाउन सक्ने सेवाबाट अझै टाढा छन् ।
के हो इडुरोम?
विश्वका शिक्षण संस्था तथा अनुसन्धान गर्ने निकायहरूको इन्टरनेट जस्तै एउटा छुट्टै सञ्जाललाई इडुरोम भनिन्छ । शिक्षण, अनुसन्धान तथा पेशागत रूपमा बढि प्रयोग हुने यस इडुरोम प्रयोग गर्दा आफ्नो कम्प्युटरमा भाइरस सर्ने सम्भावना रहँदैन । विश्वका सुपर कम्प्युटरहरूको अति शक्तिशाली क्षमतामा निर्बाध पहुँच हुने हुँदा शिक्षण तथा अनुसन्धानको लागि आफैसँग ठूला सर्भरहरू आवश्यक पर्दैन । इडुरोम सेवा आफ्नो मोबाइल वा कम्प्युटरमा छ भने विश्वका कुनै पनि नाम चलेका विमानस्थल, विश्वविद्यालय र अनुसन्धान निकायमा जाने बित्तिकै लग-इन नगरिकनै आफै कनेक्ट हुन्छ ।
के हो नेअशिस ?
विश्वका प्रतिष्ठित शिक्षण संस्था तथा अनुसन्धान निकायहरूको एउटा विश्वव्यापी सञ्जाल छ । हरेक देशमा उक्त सञ्जालसँग जोडिन एउटा छुट्टै निकाय स्थापना गरिएको हुन्छ । नेपालमा रहेको उक्त निकाय नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) हो । नेअशिस एउटा विशुद्ध गैरनाफामूलक गैरसरकारी संस्थाको रूपमा दर्ता गरिएको छ ।
अन्य कयौं देशहरूमा यस प्रकारका संस्था सरकार आफैले वा राष्ट्रिय स्तरका विश्वविद्यालयहरूले सञ्चालन गर्ने गरेका छन् । नेअशिसका व्यक्तिगत तथा संस्थागत सदस्यहरूले यस सञ्जालको सबै सुविधाहरू प्रयोग गर्न सक्छन् । नेअशिसमा अहिले सम्ममा नेपालका कयौं सरकारी, अनुसन्धान तथा शिक्षण संस्थाहरू आबद्ध छन् ।
नेअशिसले आफ्ना सदस्यहरूलाई जूम प्रयोग गरी अनलाइन कार्यक्रम चलाउने सुविधा, इडुरोम प्रयोग गरी पेशागत सञ्जाल मार्फत निःशुल्क इन्टरनेट प्रयोग, प्रतिष्ठित पेशागत जर्नलमा प्रकाशित शोध लेखहरूमा पहुँच, अन्तर्राष्ट्रिय शिक्षण तथा अनुसन्धान निकायहरूसँग आवद्द रही ती निकायहरूसँग आर्थिक तथा प्राविधिक सहकार्य गर्ने र उनीहरूका शोध पूर्वाधारहरू प्रयोग गर्ने अवसर र नेपालकै संस्थाहरूले आफ्ना शैक्षिक तथा शोधकार्यको नतिजा अन्तर्राष्ट्रिय क्षेत्रमा उजागर गर्न साझा डबली प्रदान गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






