काठमाडौँ। चर्चित होम अप्लाएन्स ब्रान्ड टिसीएलले यसपालिको नयाँ वर्ष लक्षित गर्दै टिसीएलको ‘दिश न्यु इयर लेट्स स्पार्कल टूगेदर विथ टिसीएल’ नामक योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले टिसीएलका विभिन्न होम एप्लाएन्सको खरिदमा आकर्षक क्यासब्याक साथै विशेष उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
ग्राहकहरूले यो योजनाको लाभ चैत्र २३ गतेदेखि सीमित अवधिका लागि नेपाल अधिराज्य भरि रहेका सिजीका विक्रेताबाट उठाउन सक्नेछन् ।यस अफरमा ग्राहकहरूले कुनै पनि टिसीएलको सामानको खरिदमा रु १,६३,३०० सम्मको बचत र अन्य आकर्षक उपहारहरू पाउन सक्ने छन्।
यसका साथै, कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेशन र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ। साथै, पुराना भएका सामाग्री फेरबदल गरि नयाँ सामान लान चाहने ग्राहकका लागि समेत कम्पनीले यस योजनाको दौरान एक्सचेन्ज अफरको सुविधा समेत ल्याएको छ।
यति मात्र नभई, नयाँ वर्षको अवसरमा सामान खरिद गर्ने ग्राहकहरूले ‘सिजी लोयल्टी क्लब’को रिवार्ड प्रोग्राम अन्तर्गत आकर्षक छुट तथा उपहारहरू प्राप्त गर्न सक्नेछन्।
नेपाल अधिराज्यभर टिसीएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत इओएल प्रा। लि। रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरूलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौँ भित्र टङ्गाल, कुमारीपाटी, भक्तपुर राधे राधे, कीर्तिपुर, रविभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, वसुन्धरा, जोरपाटी र काठमाडौँ बाहिर इटहरी, हेटौँडा, भरतपुरमा रहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






