अभिनेत्री प्रियंका कार्कीद्वारा ‘उप्स नेपाल’को उद्घाटन   

काठमाडौं । आजबाट नेपालको पहिलो पारिवारिक मनोरञ्जन पार्क  धुम्बाराहिमा सञ्चालनमा आएको छ । भारतमा रहेको होप उपा फन पार्कसँगको सहकार्यमा नेपालमा यो परिवार फन पार्क सञ्चालनमा आएको हो । 

करिब एक महिनाअघिदेखि सञ्चालनमा आएको पार्कको औपचारिक उद्घाटन  आज अभिनेत्री प्रियंका कार्कीले गरेकी हुन् । रिभान कटदै प्रियंका र निर्देशक टिमले कार्यक्रमको औपचारिक उद्घाटन गरे । औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको ‘उप्स नेपाल’ मा बालबालिकादेखि ज्येष्ठ नागरिकहरुले समेत खेलको मनोरञ्जन लिएका छन् । 

यस मनोरञ्जन पार्कमा सबै उमेर समुहहरुको लागि खेलको व्यवस्था गरिएको छ । साथै, पार्कमा आर्केड, रिडेम्प्शन, भर्चुअल रियालिटी, सुटिङ, रेसिङ, जिपलाइन, क्लाइम्बिङ आदि जस्ता इनडोर र आउटडोर खेलहरू छन् । यस पार्कको मुख्य मुख्य विशेषता भनेको ठाउँ एक र खेल अनेक  हो । जहाँ धेरै खेल र खेलहरू सस्तो मूल्यमा खेल्न सकिन्छ । साथै, पारिवारिक समय बिताउनका लागि एकदमै उचित स्थान रहेको छ । 

अभिनेत्री प्रियंका कार्कीले सोमबार एक भव्य कार्यक्रममा ‘उप्स नेपाल’ को उद्घाटन गरेकी हुन् ।निर्देशक टिमलाई शुभकामना दिन गायिका इन्दिरा जोशी पनि श्रीमानसँगै आइपुगेकी थिइन् । कार्यक्रममा बोल्दै प्रियंकाले सबै प्रकारका खेल खेल्न सकिने र ठाउँ आकर्षक रहेको बताइन् । प्रियंका भन्छिन्, “सबै परिवारले एकै ठाउँमा सँगै खेल्न सकिने विभिन्न खेलहरू भेट्टाए । ठूलो ठाउँको कारण, धेरै मानिसहरू एकसाथ खेलको मजा लिन पनि सक्छन् । मैले पनि थुपै खेलहरु खेलेँ । छोरीलाई पनि खेलाएँ । मलाई एकदम धेरै रमाइलो लाग्यो ।“

साथै, उनले फेरी पनि छोरी आयांका, श्रीमान आयुष्मान देशराज जोशी लगायत सपरिवारसँग फेरी  पनि मनोरञ्जन पार्कमा  आउने बाचा गरिन् ।  

 

 

निर्देशक टिमले नेपालको पहिलो यो परिवार फन पार्कलाई काठमाडौंमा मात्र सिमित नभएर देशका अन्य ठाउँहरुमा पनि लैजाने योजना बनाएको बताए । फन पार्कको मुख्य उद्देश्य परिवारलाई एकै साथ एकै ठाउँमा रमाइलो र खेल उपलब्ध गराई मनोरञ्जन प्रदान गर्नु रहेको निर्देशक टिमको भनाई छ  ।   
  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
100 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै