सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । अघिल्लो दिन तोलामा ३०० रुपैयाँले बढेको सुनको मूल्य आज कारोबार साताको चौथो दिन बुधबार पनि तोलामा १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १८ हजार १५० रुपयाँमा कारोबार भइरहेको छ ।

 

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै