घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।  आज सुनको मूल्य घटेको छ । कारोबार साताको चौथो दिन स्थिर रहेको सुनको मूल्य आज कारोबार साताको पाँचौं दिन भने तोलामा ४०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १७ हजार ४५० रुपयाँमा कारोबार भइरहेको छ ।

 

आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य तोलामा २० रुपैयाले बढेर प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै