काठमाडौं । माछापुच्छ्रे बैंक लि. ले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत बाग्मती, कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयहरुलाई आवश्यक पूर्वाधार निर्माणमा सघाउने भएको छ ।
बैंकले कर्णाली प्रदेशको सुर्खेत जिल्ला स्थित शारदा न.पा.वडा नं.१५, माल्नेटामा रहेको श्री त्रिभुवन जन माध्यामिक विद्यालयमा खानेपानी सुविधाको लागि आवश्यक पूर्वाधार निर्माण गर्न र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला गोदावरी न.पा.वडा नं.०६, बडेहाँ स्थित श्री शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा शौचालय निर्माण गर्न दुबै विद्यालयसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
त्यसैगरि बैंकले बाग्मती प्रदेशको का.म.न.पा. वडा नं. ४ लम्टङ्गीन स्थित पञ्चकन्या आधारभुत विद्यालयलाई आवश्यक सभाहलको निर्माण गर्नै सम्झौतामा हस्ताक्षर गरेको हो ।
विद्यालय संचालनका लागि अति आवश्यक पर्ने खानेपानी तथा शौचालयको असुविधाका कारण पठनपाठनमा समेत समस्या भईरहेको जानकारी पाए पश्चात बैंकले उक्त दुई सरकारी विद्यालयहरुको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरु निर्माण गर्ने निर्णय गरेको हो ।
२८९ जना विद्यार्थी एंव १८ जना शिक्षक÷कर्मचारी कार्यरत श्री त्रिभुवन जन माध्यमिक विद्यालयले ३५०० मिटर टाढा रहेको मुहानबाट अस्थायी रुपमा पानीको पाईप जडान गरि खानेपानीको व्यवस्था गर्दै आएकोमा खडेरीको समयमा पानी सुक्ने, डढेलो लागेको बेलामा पानीको पाईप जलेर आपूर्ती बन्द हुने लगायतका समस्या भोगिरहेको छ भने १८०० भन्दा बढि विद्यार्थी र ३५ जना शिक्षक÷कर्मचारी कार्यरत श्री शैलेश्वरी उच्च माध्यामिक विद्यालयमा भएको अस्थायी शौचालयको अवस्था निक्कै नै खराव रहेको हुदाँ विद्यार्थी एंव शिक्षकहरुले समस्या भोगिरहनु परेको छ ।
विद्यालयको पुर्वाधार निर्माण गर्ने सम्बन्धि सम्झौता पत्रमा सम्बन्धित विद्यालय व्यवस्थापन समितिको तर्फबाट अध्यक्ष तथा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका थिए । सम्झौता बमोजिम बैंकले श्री त्रिभुवन जन माध्यामिक विद्यालय परिसरमा खानेपानी सुविधाको लागि आवश्यक पूर्वाधार र श्री शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा शौचालय निर्माण गरी हस्तान्तरण गर्नेछ ।
यसैगरी काठमाडौं महानगरपालिकाको नमुना विद्यालयको वर्गिकरणमा परेको पञ्चकन्या आधारभूत विद्यालयमा आवश्यक सभाहलको अभावका कारण विभिन्न शैक्षिक कार्यक्रमहरुको आयोजनामा समस्या देखिएको भन्दै सभाहल निर्माणमा सघाउन आएको आग्रह अनुसार बैंकले उक्त स्कुलमा सभाहलको निर्माण गर्नै निणर्य गरेको हो ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसंग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तिय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरुमा काम गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






