काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका १३ जना कर्मचारीहरु हटाइएको छ । प्रधानमन्त्रको प्रमुख स्वकीय सचिव सन्तकुमार दरैका अनुसार माघ १ गतेबाट लागू हुनेगरी १३ जनालाई हटाएको हो ।
उनले ५ जना उपसचिव, एकजना शाखा अधिकृत, तीनजना प्रशासन सहायक, दुईजना कम्प्युटर सहायक, एकजना कार्यालय सहायक र २ जना हलुका सवारी चालकलाई बिदा गरेको जानकारी दिए ।
प्रधानमन्त्रीको सचिवालयले त्यतिका मात्रामा कर्मचारी हटाएको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवलाई दिएको छ ।
प्रधानमन्त्रीले आफ्नो कार्यकाल एक वर्ष पुगेको दिन कार्यशैली सुधारदेखि सचिवालयलाई पनि चुस्त बनाउने घोषणा गरेका थिए । सो घोषणापछि प्रधानमन्त्री कार्यालयका ६८ कर्मचारीको दरबन्दी कटौती गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रतिनिधि विवादले रास्वपाको बन्दसत्र भोलिसम्म स्थगित
- एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
- बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २४ जना घाइते
- रास्वपाको महाधिवेशनमा ४ हजार २११ प्रतिनिधि, बागमतीबाट सबैभन्दा बढी
- रास्वपा महाधिवेशनमा प्रधानमन्त्री बालेनको सम्बोधन रहने
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो



ट्रेन्डिङ
खबरमुकाम





