काठमाडौं । प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन कार्यतालिका प्रभावित भएको छ । महाधिवेशन प्रतिनिधिको नामावली सच्याउन थप समय लागेपछि सोमबारका लागि तय गरिएको बन्दसत्र स्थगित गरिएको हो ।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगका अनुसार बन्दसत्र अब मंगलबार बिहानदेखि सुरु हुनेछ । बन्दसत्र प्रभावित भएसँगै निर्वाचन कार्यतालिकामा समेत असर परेको छ ।
बन्दसत्र स्थगित भएपछि महाधिवेशन एक दिन लम्बिने देखिएको छ । महाधिवेशनबाट पार्टीको नयाँ कार्यसमिति समेत चयन गरिने छ ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन आइतबार पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





