काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको ५औं वार्षिक साधारण सभा यती इभेन्टस् एंड कन्फेरेन्स सेन्टर काठमाडौँमा सम्पन्न भएको छ ।
कम्पनीका अध्यक्ष भरतराज ढकालले आ.व.२०७९/२०८० को संचालक समितिको प्रतिवेदन र आगामी वर्षहरुको कार्ययोजनाका साथै, मुक्तिनाथ कृषिकाकम्पनी सचिव रामशरण तिमल्सिनाले भिजन ८५को रणनीतिक कार्यहरुको बारेमा बताएका थिए ।
पाँचौ बार्षिक साधारण सभाबाट कम्पनीले नयाँ संचालक समिति चयन गरेको छ ।
जस् अन्तर्गत सर्वसम्मत रुपमा नयाँ संचालकहरुमा संस्थापक तर्फबाट भरतराज ढकाल, सीताराम काफ्ले र तुलसीराम ढकालसंस्थापक संस्थागत तर्फबाट मुक्तिनाथ विकास बैंकबाट गोविन्द बहादुर राउत र सर्वसाधारणको तर्फबाट चिरन्जीवी अर्याल निर्वाचित भए ।
साथै, २०८० साल पौष २६ गते बसेको निर्वाचित संचालकहरुको बैठकबाट सीताराम काफ्ले अध्यक्षमा चयन भएका छन् । त्यस्तै, उक्त बैठकबाट ४ बर्षे कार्यकालका लागी भरतराज ढकाल प्रबन्ध संचालकमा चयन गरिएको छ ।
कृषकसँग मुक्तिनाथ र उपभोक्तासँग मुक्तिनाथ अभियान मार्फत समग्र कृषि मूल्य श्रृङ्खलामा व्यवस्थापकीय भूमिका निर्वाह गरिनेपालको कृषि अर्थतन्त्रलाई सवल बनाउने अभिप्रायले मुक्तिनाथ विकास बैङ्कको प्रमुख लगानी सहित नेपालका विभिन्न व्यवसायिकक्षेत्रमा संलग्न व्यक्तिहरु मिलि स्थापना भएको कृषि क्षेत्रकै नेपालको पहिलो पब्लिक लिमिटेड कम्पनि हो ।
कम्पनीले सर्वसाधारण सेयरको निष्कासन एक महिना अगाडी गरिएको थियो ।
कृषि उत्पादन, उत्पादकत्व वृद्धि तथा उपभोक्ता हितका क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आइरहेको यस कम्पनीले कृषि उत्पादनका क्षेत्रमाआवश्यक पर्ने ४५० भन्दा बढी बस्तु तथा सेवा उपलब्ध गराउदै आइरहेको छ ।
कम्पनीले समग्र कृषि अर्थतन्त्रको विकासको लागि संस्थागत कृषि संरचनाको विकासको लागि सहकारीमा आधारित कृषि श्रोतकेन्द्रकोमा जोड दिँदै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






