फेरि बढ्यो सुनको मूल्य, कति छ तोलाको ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । कारोबार साताको दोश्रो दिन सोमबार स्थिर रहेको सुनको मूल्य कारोबार साताको तेश्रो दिन मंगलबार भने बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ५०० रुपैयाँ बढेसँगै आज छापावाल सुन प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख २० हजार ४०० रुपयाँमा कारोबार भइरहेको छ ।

 

आज चाँदीको मूल्य भने पनि बढेको छ । चाँदी आज प्रतितोला १ हजार ४६० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै