सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।  सुनको मूल्यले आज नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिन १ लाख २० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १ हजार ३०० रुपैयाँ बढेसँगै नयाँ रेकर्ड कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख २१ हजार ४०० रुपयाँमा कारोबार भइरहेको छ ।

 

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज तोलामा १५ रुपैयाँ वृद्धि भइ प्रतितोला १ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै