काठमाडौं । देशका विभिन्न ठाउँमा आफ्नो स्वामित्वमा रहेको घरजग्गा नबिल बैंकले बेच्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न ठाउँमा रहेको ५२ वटा घरजग्गा बिक्री गर्ने जानकारी गराएको हो ।
बैंकबाट लिएको कर्जा तिर्न वेवास्ता गरेपछि बैंकले धितोमा राखिएका २१ जिल्लामा रहेका ५२ स्थानका घर तथा जग्गा लिलामी गर्ने भएको हो ।बैंकमा राखिएको धितो जहाँ जे जस्तो अवस्थामा छ, सोही अवस्थामा गोप्य सिलबन्दी बोलपत्रद्धारा लिलाम बिक्री गरी गर्ने बैंकले जनाएको छ ।
बैंकले काठमाडौं उपत्यकासहित राजविराज, इँटहरी, भोजपुर, खलंगा, धरान, दोलखा, मोरङ, झापा, बाँके लगायतका विभिन्न स्थानमा रहेको सम्पत्ति बिक्री गर्न लागेको हो। उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी, संघ संस्थाहरुले पुस २३ गतेसम्म गोप्य शिलबन्दी पेश गर्नुपर्ने बैंकले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





