काठमाडौं । कार्डको अभाव हुँदा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने र वितरण गर्ने काम ६ महिनायता ठप्प छ । यसबाट लाइसेन्स परीक्षा उत्तीर्ण गरेका तथा नवीकरण गरेकाहरू चर्को मारमा परेका छन् । उनीहरूले लाइसेन्स पाउन सकेका छैनन् । यातायात व्यवस्था विभागका अनुसार १५ महिनादेखि लाइसेन्स छपाइ पूर्ण क्षमतामा थिएन । आंशिक रूपमा छपाइ भइरहे पनि ६ महिनायता भने ठप्पजस्तै छ ।
अहिले विभागले निकै सीमित संख्यामा मात्रै लाइसेन्स छाप्छ । रोजगारी र अध्ययनको सिलसिलामा विदेश जानेलाई मात्र लाइसेन्स दिने गरिएको छ । यो संख्या दैनिक साढे तीन सयदेखि चार सयसम्म हुने गरेको विभागले जनाएको छ ।
विद्युतीय चिप्ससहितको लाइसेन्स छाप्न अहिले विभागसँग कार्ड अभाव छ । कार्ड नहुँदा असारदेखि लाइसेन्स छाप्ने काम ठप्पजस्तै भएको हो । विभागसँग भएका सीमित कार्डमा मात्र विवरण छाप्ने काम भइरहेको छ । विभागका अनुसार अहिले दैनिक लाइसेन्स परीक्षा उत्तीर्ण र नवीकरण गर्नेको संख्या ४ देखि ५ हजारसम्म छ । तर कार्ड अभाव भएकाले उनीहरूले कहिले लाइसेन्स पाउने भन्ने टुंगो छैन ।
सरकारले समयमा लाइसेन्स दिन नसक्दा छाप्नुपर्ने कार्ड संख्या थपिएको थपियै छ । छाप्न बाँकी लाइसेन्स कार्डको संख्या झन्डै १४ लाख पुगिसकेको छ । यो समाचार नागरिक दैनिकमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- अर्थमन्त्री वाग्लेले बजेटका विषयमा पत्रकारहरुसँग सवाफ जवाफ गर्ने
- फुटको संघारमा राप्रपा, तीन पूर्वअध्यक्षले निकाले यस्तो विज्ञप्ति
- आज संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
- आज सातै प्रदेशमा पानी पर्ने सम्भावना, यस्तो छ मौसम विवरण
- सरकारलाई ‘कथित झाँक्री’ प्रकाश भुजेलको ठाडो धम्की, ठगीधन्दा बन्द भए प्रतिकार गर्ने
- अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
- आज आठौं महिला अधिकार दिवस, प्रधानमन्त्रीले दिए शुभकामना
- आज पनि छ पानी पर्ने सम्भावना, हेरौं मौसम पूर्वानुमान



ट्रेन्डिङ
खबरमुकाम





