प्यूठान । प्यूठानमा सबस्टेशन सञ्चालनमा ढिलाइ भएको छ । विद्युत्को अनियमितता कम गर्ने उद्देश्यले प्यूठान नगरपालिका–८ दम्तीमा सबस्टेशन निर्माण सुरु गरिए पनि लामो समयसम्म काम थालिएको छैन ।
सबस्टेशन नहुँदा विद्युत् अनियमितताले व्यापार–व्यवसायमा समस्या भइरहेको स्थानीय व्यवसायी शिशिर थापाले गुनासो गरे । सबस्टेशनसम्म ३३ केभीको प्रसारण लाइन विस्तार गर्न लागिएको वर्षौँ बित्दा पनि सबस्टेशन सञ्चालनमा ल्याइएको छैन ।
विसं २०७३ देखि निर्माण थालिएको सबस्टेशन २०७४ असार मसान्तसम्म सम्पन्न गरी सञ्चालन गरिनुपर्ने भए पनि छ वर्षसम्म निर्माण सम्पन्न हुनसकेको छैन । दम्तीमा ११ रोपनी जग्गामा एक ‘कन्ट्रोल भवन’ र दुईवटा ‘स्टाप क्र्वाटर’ निर्माण गरिएको छ । सबस्टेशनसम्म ३३ केभीको प्रसारण लाइन विस्तार गर्न तार टाँग्ने काम अधुरै छ ।
सबस्टेशनसम्म विद्युतीय लाइन विस्तार नहुँदा सबस्टेशन सञ्चालनमा ढिलाइ भएको नेपालगञ्जस्थित नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालयका प्रमुख ई हरिप्रसाद पाण्डेले बताए । उनले भने , “धेरै ठाउँमा तार टाँगिएको छ, पुलमा जमिनमुनिबाट तार बिछ्याउने ठाउँमा ढुङ्गा भेटिएकाले समय लागेको छ ।” रु सात करोड ५० लाखको लागतमा सबस्टेशन निर्माणको काम काठमाडौँको आरके इन्टरनेसनलले र रु पाँच करोड ३३ लाखको लागतमा लाइन विस्तारको ठेक्का त्रिपुरेश्वर–जयदुर्गा जेभीले जिम्मा लिएका थिए ।
प्रमुख पाण्डेले सबस्टेशन शीघ्र सञ्चालनका लागि प्रयास भइरहेको जानकारी दिए । सबस्टेशन सञ्चालन र सडकमा टाँगिएको अव्यवस्थित तार व्यवस्थापन गर्नुपर्नेमा स्थानीयवासीले जोड दिँदै आएका छन् । सबस्टेशन नजिकैका सडकमा होचा पोलमा भएका तार व्यवस्थित गर्न अतिआवश्यक भएको स्थानीयवासी शशिधर पण्डितले बताए। विद्युत् प्रसारण लाइनका लागि नदी किनारमा बाँध नहुँदा बगाउने जोखिम र सडकमा होचा तारले अग्ला गाडीमा करेन्टको जोमिख रहेको भन्दै लाइन सुरक्षित गर्नसमेत आग्रह गर्दै आएका उनको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम





