काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले ७ लाख भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा जाँदा देशमा १२ खर्ब मात्र रेमिट्यान्स भित्रिएको दावी गरेको छ । अन्तराष्ट्रिय प्रवासी श्रमिक दिवसको अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा जिफन्टले यस्तो दावी गरेको हो ।
आफ्नै केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जिफन्टले ुनेपालको वैदेशिक श्रम सम्बन्धबारे फ्याक्टसिटु सार्वजनिक गर्दै ४४ खर्ब ४८ अर्ब रेमिट्यान्स नेपाल भित्रिनु पर्नेमा १२ खर्ब मात्रै भित्रिएकोले हराइरहेको ३८ खर्ब हराइरहेको उपाध्यक्ष एवम् जिफन्ट विदेस विभाग रमेश बडालले बताए ।
जिफन्टले आज सार्वजनिक गरेको प्रतिवेदनमा यस आर्थिक वर्षमा ७ लाख ७१ हजार ३२७ नेपाली श्रमिकहरू बैदेसिक रोजगारीमा गएको उल्लेख छ । उपाध्यक्ष बडालले भने, गत वर्षको तुलनामा २१.२ प्रतिशतले वृद्धि भएको र यो वर्तमान सरकारप्रति निरास भएको परिणाम हो । उनले हराइरहेको ३८ खर्ब खोज्नेतरि सरकार सुतिरहेकोले खबरदारी गर्नुपर्ने बताए ।
जिफन्टले सरकारको विश्वास नहुँदा श्रमिकहरूले बिप्रेसन नपठाएको हुनसक्ने भन्दै त्यसतर्फ सबैको ध्यान जानुपर्ने बताएको छ ।
कि त सरकारको विश्वास भएन कि त सरकारकै मिलेमतोमा हराएको रेमिट्यान्स सुन तस्करी र डिजिटल करेन्सीमा दुरूपयोग भइरहेको छ, बडालले बताए ।
आज सार्वजनिक प्रतिवेदनमा विभिन्न ७७ देसका २० हजार श्रमिकहरूले श्रमस्वीकृति लिएर नेपालमा काम गरिरहेकाले नेपाल श्रमिक आयतक मुलुक बन्दै गएको उल्लेख छ । जिफन्टले रोजगारीका नाममा हाल नेपालीहरू भाडाको सेनाको रूपमा समेत काम गर्न तयार हुनु मुलुककै लागि लज्जाबोध भएको बताएको छ ।
प्रत्येक वर्ष प्रवासी श्रमिक सम्बन्धमा अध्ययन गरिएको तथ्याङ्क सार्वजनिक गर्ने गरेको जिफन्ट महासचिव लक्ष्मण शर्माले पत्रकार सम्मेलनमा जानकारी दिए । जिफन्ट नेकपा (एमाले)निकट मानिएको मजदुर सङ्गठन हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- देवानगञ्ज घटनापछि रास्वपा सांसदको टोलीद्वारा गृहमन्त्रीसँग भेट, विशेष निर्णय लिन आग्रह
- कर्फ्यूबीच कप्तानगञ्जमा आगजनी र तोडफोड, नेपाली सेना परिचालन
- देवानगञ्जको कप्तानगञ्जमा हिन्दु–मुस्लिम झडप छानबिन गर्न गृह मन्त्रालयद्वारा समिति गठन
- बर पिपल रोप्दै नेत्रज्योति कृषि सहकारी संस्थाको १४औँ स्थापना दिवस सम्पन्न
- बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक
- आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- मिस नेपाल २०२६: मौलिक ज्ञान र आधुनिक शिक्षाको फ्युजनसहित प्रतियोगी नम्बर १४ प्रतिमा खड्का मैदानमा
- शिक्षामन्त्रीको राजीनामापछि ‘कक्रोच जनता पार्टी’को आन्दोलन स्थगित

ट्रेन्डिङ
खबरमुकाम






