सुदूरपश्चिम । कैलालीको त्रिनगर भन्सार कार्यालय नाकामा क्वारेन्टिन चेकपोष्ट कार्यालय सञ्चालनमा आएसँगै मालवस्तुको आयात तथा निर्यात सहज बनेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम गएको मङ्सिर २३ गतेबाट त्रिनगर नाकामा क्वारेन्टिन चेकपोष्ट कार्यालय सञ्चालनमा आएको हो ।
चेकपोष्ट कार्यालयका प्रमुख प्रमोद ठगुन्नाले कार्यालयले विरुवा तथा विरुवाजन्य वस्तुको पैठारीका लागि प्रवेश अनुमतिपत्र जारी गर्ने, विरुवा तथा विरुवाजन्य वस्तुको निकासीका लागि विरुवाको स्वास्थ्यतासम्बन्धी प्रमाणपत्र जारी गर्ने र नाकामा आयात हुने अन्य कृषिजन्य मालवस्तुको निरीक्षण गरेर छुटपूर्जि दिने लगायतका काम गर्दै आएको बताए ।
यो नाकामा विगतमा टुरमुकामका रुपमा क्वारेन्टिन कार्यालय थियो । उक्त कार्यालय झण्डै चार महिनादेखि बन्द भएपछि वस्तुको आयात तथा निर्यातको काम ठप्प हुन पुगेको थियो ।
कार्यालय प्रमुख ठगुन्नाले कार्यालय सञ्चालनसँगै हाल औषतमा दैनिक रु एक करोड बराबरको मालवस्तु आयात भइरहेको जानकारी दिए । यस अवधिमा रु २६ लाख बराबरको तोरीको पिना निर्यात भएको उनको भनाइ छ ।
विवेक फिड इन्डस्ट्रिज प्रालि धनगढीका प्रबन्ध सञ्चालक विवेक भट्ट त्रिनगर नाकामा क्वारेन्टिनको काम रोकिँदा झण्डै चार महिनासम्म करिब रु ३७ करोडको राजश्व प्रदेशले गुमाएको बताए । “त्रिनगर नाकामा क्वारेन्टिनको काम नहुँदा नेपालगञ्ज नाकाबाट मालवस्तु भित्र्याउनुपर्ने अवस्थाले सुदूरपश्चिम प्रदेशका व्यसायीको पैंसा(कर) अरु प्रदेशमा गयो”, भट्टले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






