कलैया । बारामा धान उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष गत वर्षको तुलनामा २० हजार पाँच सय ८७ दशमलव पाँच मेट्रिक टन धान बढी उत्पादन भएको छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले यस वर्ष दुई लाख ७१ हजार ६२ मेट्रिकटन धान उत्पादन भएको जानकारी दिनुभयो । गत वर्ष भने दुई लाख ५० हजार चार सय ७१ दशमलव पाँच मेट्रिक टन धान उत्पादन भएको थियो ।
यस वर्ष अगहनी धान एक लाख ३९ हजार आठ सय ९२ मेट्रिक टन, भदैयाधान ५१ हजार एक सय ७० मेट्रिक टन, चैतेधान ८० हजार मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष अगहनी धान एक लाख ४३ हजार दुई सय ८३ मेट्रिक टन, भदैया धान ५० हजार एक सय ९१ दशमलव पाँच मेट्रिक टन र चैतेधान ५६ हजार मेट्रिक टन उत्पादन भएको थियो ।
मूल्यका हिसाबले यस वर्ष रु आठ अर्ब ६४ करोड तीन लाख ३८ हजार बराबरको अगहनी, भदैया र चैतेधान उत्पादन भएको बाली संरक्षण अधिकृत राजनारायण साहले बताए । उनका अनुसार गत वर्ष रु छ अर्ब १४ करोड ९८ लाख ७५ हजार बराबरको धान उत्पादन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






