मुकाम डेस्क । प्रतिनिधि सभा अन्तर्गत रहेका अर्थ समिति र सार्वजनिक लेखा समितिमा मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको शेयर बिक्रीबारे छलफल हुने भएको छ ।
लेखा समितिको बैठक आज बिहान ११ बजे बोलाइएको छ भने सार्वजनिक लेखा समितिको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।
अर्थ समितिका सभापति सन्तोष चालिसेले दुरसञ्चार प्राधिकरणलाई बोलाएर एनसेल र नेपाल टेलिकमको राजस्वका बारेमा छलफल गर्न लागिएको बताए ।
उनले भने, ‘एनसेलले आफ्नो शेयर बिक्री गरेको भन्ने सुन्नमा आएको छ । समितिका २५ जना सदस्य बैठकमा बसेर यसबारे के भएको छलफल गर्दै छौँ ।’
यता सार्वजनिक लेखा समितिले पनि एनसेन खरिद बिक्रीको बारेमा सरोकारवाला पक्षसँग छलफल गर्ने भएको छ । समितिले यसअघि एनसेलको शेयर बिक्रीबारे विभिन्न ९ वटा प्रश्न गर्दै नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिस्टरको कार्यालय, र आन्तरिक राजस्व विभागलाई पत्र पठाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन र रवि लामिछानेबीच बालुवाटारमा ४५ मिनेट भेटवार्ता
- प्रतिनिधिसभाको बैठक आज, चार विधेयक प्रस्तुत हुँदै
- साउनको अन्तिम सोमबार बोलबम यात्राका लागि सुन्दरीजलमा भक्तजनको भीड
- आजको मौसमः देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
- कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
- प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने
- ग्यासको अभाव कायमै, उपभोक्ता घण्टौँ लाइनमा
- बाढीपहिरोले देशभरका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

ट्रेन्डिङ
खबरमुकाम







