लागोस । नाइजेरियाली सेनाको ड्रोन दुर्घटना हुँदा देशको उत्तरपश्चिमी कादुना राज्यको एउटा गाउँमा आइतबार कम्तिमा ८५ सर्वसाधारणको मृत्यु भएको राज्य सञ्चालित आपतकालीन एजेन्सीले जनाएको छ ।
उत्तरपश्चिम क्षेत्रीय कार्यालयले स्थानीय अधिकारीबाट प्राप्त गरेको विवरणअनुसार अहिलेसम्म ८५ वटा शव प्राप्त भएको छ भने, अन्य हराइरहेका मानिसको खोजी जारी रहेको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले आफ्नो फेसबुक पेजमा मङ्गलबार उल्लेख गरेको छ ।
यता सेनाले भने असाबधानीले ड्रोन दुर्घटना हुँदा मुस्लिम पर्व मनाउँदै गरेका मानिस पीडित भएको बताएको छ । यद्पि सेनाले कुनै हताहतीको तथ्याङ्क दिएको छैन । तर त्यहाँका बासिन्दाले भने ८५ जना मारिएको दाबी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो
- आज ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
- फिफा विश्वकपः इरान र न्युजिल्यान्डबीच रोमाञ्चक बराबरी
- प्रतिनिधिसभाको बैठक आज पनि, मन्त्रालयगत बजेटको छलफललाई निरन्तरता दिइने



ट्रेन्डिङ
खबरमुकाम







